News Category 2074/04/02
मतदाता नामावली संकलन कार्य सुरु विदाको दिन पनि मतदाताको नाम दर्ता हुने ः निर्वाचन कार्यालय
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन गरेको छ ।
सोही अनुसार सप्तरीमा पनि आइतबारदेखी जिल्ला निर्वाचन कार्यालय सप्तरीमा मात्र फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गरिएको छ ।
सो कार्यको पहिलो दिन आइतबार ७४ जना पुरुष र २६ जना महिला गरि एक सयजनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।
उहाँले यस कार्य साउन १५ गतेसम्म कार्यालय समय भन्दा एक घण्टा अगाडी र एक घण्टा पछाडी अर्थात शुक्रबार बाहेक अरु दिन बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म संचालन हुने बताउनुभयो ।
प्रमुख ठाकुरले शुक्रबार बिहान ९ बजेदेखी ४ बजेसम्म र सार्वजनिक विदाको दिन पनि बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म मतदाता नामावली संकलन कार्य जारि रहने जानकारी दिनुभयो । यसका लागि कार्यालयमा दुई जना कम्प्युटर अपरेटर खटाइएको बताउनुभयो ।
यसअघि स्थानिय तहको निर्वाचनका लागि मुलुकको जुनसुकै स्थानबाट मतदाता नामावलीमा दर्ता गराउने प्रावधान रहेकोमा यस पटक भने प्रदेशसभा र प्रतिनिधिसभाका स्थायी ठेगाना भएका मतदाताले सोही स्थानबाट पुगेर नाम दर्ता गराउने प्रावधान रहेको निर्वाचन प्रमुख ठाकुरले बताउनु्भयो ।
यता आयोगले साउन १५ गतेसम्म संकलन गरेको नामावलीमा दाबी विरोधका लागि साउन १६ देखि २० गतेसम्मको समयावधि तोकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको असोजको मसान्त तथा प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्ने गरी मिति घोषणा गर्न सरकारलाई सुझाव समेत दिइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ