News Category 2074/04/02
भु–संरक्षण कार्यालयद्वारा ५१ हजार ७ सय २५ बोटविरुवाहरु वितरण
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
जिल्ला भु–संरक्षण कार्यालय सप्तरीले चालु आवमा ५१ हजार ७ सय २५ बोटविरुवाहरु वितरण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा असार ३ गतेदेखि २७ गते सम्ममा जिल्लाको विभिन्न गाबिसहरुमा १० हजार ९ सय २० वटा बोटविरुवाहरु वितरण गरेको कार्यालयका सुचना अधिकृत शिव नन्दन यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवमा ५१ हजार ७ सय २५ वटा विभिन्न जातका बोटविरुवाहरु मध्ये विभिन्न गाबिसहरुमा १० हजार ९ सय २० थान वितरण भईसकेको पस्छ ।
त्यस्तै बाँकी रहेका ४० हजार ८ सय ५ वोटविरुवा सुन्दरी खोला जलाधार क्षेत्र क्षतिग्रस्त भुमि पुर्नस्थापन, बलान खोला र राजविराज नगरपालिका वरिपरीमा वितरण गर्ने जनाइएको छ ।
वितरण गरिएका बोटविरुवाहरुमा मसाला ३४ हजार ८ सय ७७, खयर ८ हजार ४ सय ६, अमला ३ हजार २ सय, महगनी १ हजार ४ सय ९६, सिरिस ८ सय, अशोक ४१, सिसो १ हजार ५ र अन्न १ हजार ७ सय रहेको सुचना अधिकृत यादवले जानकारी दिनुभयो ।
कुल ३ लाख ७९ हजारको विभिन्न जातजातिका वोटविरुवाहरु जिल्लाभरीमा वितरण गरीएको कार्यालय प्रमुख विष्णु बहादुर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ