News Category 2074/04/02
राम्रो कलेजबारे जानकारी दिने उद्देश्यले एजुकेशन सेमिनार
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
राम्रो कलेजबारे जानकारी दिने उद्देश्यले एजुकेशन सेमिनार आइतबार सप्तरीको कंचनपुरमा सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई अध्ययन गर्न राम्रो कलेजबारे जानकारी र प्रत्यक्ष फाईदा पुगोस भनेर ग्रामीण भेगमा कार्यक्रमको आयोजना गरिएको भारतको हरियाणा (यमुनानगर) स्थित ग्रिम्ट कलेजका लेखा व्यवस्थापक तथा नेपाल प्रमुख संजय राणाले जानकारी दिनुभयो ।
थ्री जी ग्रुप अफ एकेडमी तथा कन्सलटेन्सी प्रालिले आयोजना गरेको सो ऐजुकेशनल सेमिनारमा विद्यार्थीहरुले कलेजबारे पर्याप्त जानकारी पाउने र यसबाट लाभ लिने उद्देश्यले ग्रामीण क्षेत्रमा सेमिनार आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले वातावरण, भाषा, खानपान र रहन सहन मिल्दो जुल्दो भएकोले ग्रिम्ट कलेज यताको विद्यार्थीको लागि उपयुक्त हुने बताउनु भयो ।
अध्यक्ष खड्गाले कन्सलटेन्सीका नाममा ठगी बढी हुने गरेको भएपनि थ्री जी ग्रुप अफ एकेडमी तथा कन्सलटेन्सी प्रालिले नाम दर्ता मात्रै नभई शिक्षा पुराभएपछि पनि परामर्श र सहयोग गर्न दृढ रहनु सकारात्मक कुरा रहेको बताउनु भयो ।
थ्री जी ग्रुप अफ एकेडमी तथा कन्सलटेन्सी प्रालिका सुजीत कुमार यादबले नेपाली विद्यार्थीहरु भारतीय कलेजहरुमा धेरै ठगीमा पर्ने गरेको बताउँदै आप्mनो संस्थाले विद्यार्थीको नाम लेखाएपछि परामर्शदात्ता(कन्सलटेन्सी)को दायित्व सक्ने नभएर बीचमा कुनै आपत विपत वा आवश्यक सहयोग चाहिए त्यो समेत गर्ने बताउनु भयो ।
उक्त सेमिनारमा भारतको कुरुक्षेत्र विश्वविद्यालयमा समद्धन प्राप्त हरियाणाको यमुनानगर स्थित ग्रिम्ट कलेजमा बि.टेक, एम.टेक, डिप्लोमा र फारमेसी अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई परामर्श दिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । चर्चित क्रिकेटर महबुम आलम, पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा, पत्रकार तथा समाजिक अभियन्ता भोला पासवान, समाजसेवी शत्रुघन प्रसाद यादब, शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सुदम्बर यादब,समाबिका निप्रअ तारानन्द मल्लिक जेहेन्दार विद्यार्थीहरु सपना गुप्ता, पविना यादब, रोशनी चौधरीलाई समेत सम्मान गरिएको थियो ।
थ्री जी ग्रुप अफ एकेडमी तथा कन्सलटेन्सी प्रालिले सप्तरीमा ध्रुब मण्डल र कञ्चनपुरमा शत्रुघन प्रसाद यादबलाई सम्पर्क व्यक्तिका रुपमा चयन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ