News Category 2074/04/03
फोरम नेपालले जिल्लाको १७ वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम गर्ने
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
संघिय समाजवादी फोरम नेपाल सप्तरीले जिल्लाको १७ वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
आगामी असोज २ गतेको प्रदेश नं. २ मा हुने तेश्रो चरणको निर्वाचनलाई लक्षित गरी फोरम नेपालले स्थानिय तह स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाइएको छ ।
पार्टीले दिएको जानकारी अनुसार हनुमान नगर योगिनीमाई नगरपालिकामा साउन ४ गते, छिन्नामस्ता गाउपालिकामा ५ गते, राजबिराज नगरपालिकामा ६ गते, ईटहरी बिष्णुपुर गाउँपालिकामा ७ गते, कोईलाडी तिलाठी गाउपालिकामा ८ गते, बेल्हीचपेना गाउँपालिकामा ९ गते कार्यक्रम हुने भएको छ ।
त्यस्तै शम्भुनाथ नगरपालिका साउन १५ गते, तिरुहुत गाउँपालिका १६ गते, बोदेबर्सान नगरपालिकामा १७ गते, माहादेबा गाउपालिकामा १८ गते, कृष्णासवरण गाउँपालिकामा १९ गते, डाकनेश्वरी नगरपालिकामा २० गते, रुपनी गाउँपालिकामा २१ गते, सुरुङ्गा नगरपालिकामा २२ गते, खडक नगरपालिकामा २३ गते, कंचनरुप नगरपालिकामा २४ गते र सप्तकोशी नगरपालिकामा २५ गते भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने फोरम नेपाल सप्तरीले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा सोमबार सम्पन्न कार्यसम्पादन समितीको बैठकले स्थानिय तहको भेलाको लागी जिम्मेवारी तोक्नुको साथै प्रशिक्षणका लागी केन्द्रिय तथा प्रदेश, जिल्ला नेताहरुको उपस्थितीमा गर्ने निर्णय गरेको पार्टीका निर्वमान उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ