News Category 2074/04/04
ठेकेदारले तोकिएको दर रेट भन्दा दोब्बर तेब्बर कर वसुल गर्दै
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
राजविराज हटियाका साना तथा मझौला फुटपाते पसले र ब्यावसायीहरु राजविराज नगरपालिकाले तोकेको दररेट भन्दा दोब्वर र तेब्वरसम्म ठेकेदारले कर वसुली गरेको भन्दै आक्रोसित भएका छन् ।
साना तथा मझौला फुटपाते पसलेहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै हटिया गुदरीका लागि नगरपालिका कार्यालयले तोकेको दस्तुरभन्दा ठेकेदारले दोब्वर र तेब्वर दस्तुर वसुल्ने गरेको आरोप लगाउँदै अविलम्व यस्ता कार्य नरोकिए नगरपालिका र ठेकेदार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
हटियावासी विशेश्वर प्रसाद साह ‘विशे’ ले राजविराज नगरपालिकावाट हटिया गुदरी फुटपाथ वैठकी कर संकलनका लागि अजय अनुज कन्ट्रक्सनलाई ५९ लाख ५० हजारमा ठेक्का दिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा चिया पसले चन्द्रकला मण्डलले फुटपाथे चिया पसलेका लागि नगरपालिकाले दैनिक २५ रुपैयाँ दस्तुर तोकेपनि ठेकेदारले आफुसँग दैनिक ५० रुपैयाँ लिने गरेको दुःखेसो सुनाउनुभयो । त्यस्तै हटियामा पानी पुरी वेच्ने फुटपाथ पसले शिवशंकर साहले नगरपालिकाले २० रुपैया शुल्क तोके पनि ठेकेदारले जवरजस्ती दैनिक ३० रुपैँया लिने गरेको गुनासो पोख्नुभयो ।
यस्तै फुटपाथे कपडा पसलेका लागि ५० रुपैयाँ तोकिएकोमा १ सय ५० रुपैयाँ ठेकेदारले लिने गरेको अर्का फुटपाते कपडा ब्यवसायी विजय साहको गुनासो गर्नुभयो ।
यस्तै हटियाका मनिहारी, ढाकी, चट्टिदार, लहठी, पात, सनपाटको डोरी, माटोको भाडो वेच्ने फुटपाथे पसलेहरुले समेत नगरपालिकाले तोकेको शुल्क भन्दा दोब्वर तेब्वर ठेकेदारले वसुल्ने गरेको र विरोध गर्द दुःख दिने गरेको गुनासो पोखेका छन् ।
अर्का फुटपाते पसले शंकर साहले सदरमुकाम राजविराजको एक मात्र पुुरानो हटिया वजार नगरपालिकाले ब्यवस्थित गर्न नसकेको गुनासो गर्दै हटियाको माछा वजारमा रहेको एक मात्र सार्वजनिक शौचालयमा समेत मनपरी शुल्क राखिएको सुनाउनुभयो । सो शौचालयमा सर्वसाधारणसँग पिसाव गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ दरले लिने गरिएको छ ।
यता यसवारे नगरपालिकाका कार्यकारी अधिकृत उमेश यादवसँग जिज्ञासा राख्दा उहाँले नगर परिषदवाट पारित दररेट भन्दा ठेकेदारले वढि रकम वसुल गरेको पाईए नियमानुसार कारवाही गरिने स्पष्ट पार्नुभयो ।
उहाँले नगरको आन्तरीक आयश्रोत वृद्धिका लागि गुदरी हटियामा फुठपाथ पसलेका लागि तोकिएको दररेट सुची सहितको फ्ल्याक्स वोर्ड हटियाको चार स्थानमा राख्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ