News Category 2074/04/07
धान खेतमा पानी पटाउने विषयमा दुई पक्षबीच कुटाकुट हुँदा १८ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
धान खेतमा पानी पटाउने विषयमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ स्थित खुदीबखारी टोलमा शुक्रबार बिहान भएको दुई पक्ष बीचको विवाद कुटाकुट हुँदा एक दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन ।
सो विवादपछि भएको कुटाकुटमा १८ जान घाइते भएका छन् भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दुई पक्षबिच भएको दोहरो कुटाकुटमा सोही ठाउँका ५५ वर्षिय रामलखन मण्डल, संतोष कुमार मण्डल, ३५ वर्षिय देव कुमार मण्डल, नारायण मण्डल, गजेन्द्र मण्डल, देवेन्द्र मण्डल, गोपि लाल मण्डल, अजित कुमार मण्डलसहित घाईते भएका छन ।
त्यस्तै अर्को पक्षका ४४ वर्षिय विरेन्द्र शाह, संतोष शाह, सुरेन्द्र साह, अनिल साह घाईते भएका छन् । यता राजाराम मण्डल र श्रीकुमार मण्डललाई थप उपचारका लागि धरान पठाइएको छ भने त्यसमध्ये श्रीकुमारको अवस्था चिन्ताजनक रहेको छ ।
यता छिन्नमस्ता प्रहरीले सो घटनामा सुरेन्द्र साह र उजित साहले खुकुरी समेतको प्रयोग गरेको भन्दै घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ ।
घाईतेहरुको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यता घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ