News Category 2074/04/07
एम्नेष्टीको आप्रवासी श्रमिकहरुको अधिकार सम्बन्धि प्रचारात्मक र चेतनामुलक अभियान सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
एम्नेष्टी इन्टरनेशनल नेपालले शुक्रबार राजविराजमा आप्रवासी श्रमिकहरुको अधिकार सम्बन्धि प्रचारात्मक र चेतनामुलक अभियान “क्याराभान” कार्यक्रम आयोजना गरेको छ ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मुलुकमा बर्षेनी ४ लाख भन्दा बढी युवाहरु बैदेशिक रोजगारीको लागि विभिन्न खाँडी मुलुकहरु जाने गरेकाले ठगिने प्रवृतिदेखि लिएर उचित रोजगारी, श्रम अनुसारको परिश्रामिक नपाउने जस्ता समस्याहरु खेप्नुपरीरहेकोले सोमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले सप्तरीमा १२२ वटा बैदेशिक रोजागर सम्बन्धि मुद्दाहरु मध्ये आर्थिक वर्ष २०७३÷०७४ मा ९० वटा समस्याहरु समाधान भईसकेको बताउनुहुँदै उहाँले प्रहरी प्रशासन सम्वेदनशिल र गम्भिर रहेको बताउनुभयो ।
एम्नेष्टी इन्टरनेशनल समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षतामा आयोजित सो समारोहमा एम्नेष्टी इन्टरनेशनल नेपालका केन्द्रिय अध्यक्ष राजन कुइकेलले वैदेशिक रोजगारीमा जाने युवाहरुको उच्च जनघनत्वको आधारमा कार्यक्रमले विशेषत तराईका जिल्लाहरुमा केन्द्रित गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा, राधा नेपालले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि राज्य तथा सम्बन्धित निकायकाट ठोस निकास मिल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बैदेशिक रोजगारबाट पीडित बृहस्पति रामले आफू ठगिमा परेको भन्दै सम्बन्धी निकायलाई न्याय दिलाउन गुहार गर्नुभयो ।
सो कार्यक्रममा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल, बरिष्ठ पत्रकार शिबहरी भटराई, एआई नेपालकी अभियान अधिकृत अस्मिता सापकोटा, एम्नेष्टी इन्टरनेसनल नेपालका निर्देशन निराजन थापा, कोषाध्यक्ष विक्रम ठुकुचु उपस्थिति रहेको थियो भने एम्नेष्टी नेपाल समूह ३० राजविराजका पूर्वसंयोजक शम्भुनन्द चौधरीले स्वागत मन्तव्य दिनुभएको थियो ।
श्रावण ५ गतेदेखि पुर्वको झापाबाट शुरु भएको सो अभियान नेपाली आप्रवासी श्रमिकहरुको अधिकार संरक्षण गर्ने सवालमा नेपाल सरकारका स्थानीयस्तरमा देखिएका विभिन्न निकायहरुमाथि सकारात्मक दवाव पुयाउने र आम जनमानसमा वैदेशिक रोजगारीका सम्बन्धमा सचेतनात्मक ज्ञान अभिवृद्धि गर्ने लक्ष्यका साथ एम्नेष्टि नेपालले सो अभियान शुक्रबार राजविराजमा आयोजना गरेको हो ।
दुई चरणमा सम्पन्न गरिने क्याराभान अन्तर्गतको पहिलो चरणको कार्यक्रम झापाको काकडभिटाबाट प्रारम्भ भई बिर्तामोड, दमक, विराटनगर, ईनरुवा, राजविराज, लहान, जनकपुर हुँदै जलेश्वरमा साउन ७ गते सम्पन्न हुने जनाइएको छ भने दोश्रो चरणको कार्यक्रम पश्चिममा साउन १२ गतेदेखि चितवनबाट शुरु भई पश्चिमका जिल्लाहरु नवलपरासी, रुपन्देही, दाङ्ग, बर्दिया हुँदै कैलालीमा सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ