News Category 2074/04/08
सप्तरीमा ६५ प्रतिशत खेत अझै बाँझै, सिंचाई अभाव र बर्षा नहुदा किसानहरु सुख्खा खेतमै रोपाई गर्दै
राजविराज÷साउनको पहिलो सात्ता सम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको छ भने अझै ६५ प्रतिशत खेत बाँझै रहेका छन ।
कुल ७० हजार हेक्टर खेति योग्य क्षेत्रफल रहेको यस जिल्लामा हालसम्ममा ३५ प्रतिशत मात्र धान रोपाई हुँदा स्थानीय किसानहरु चिन्तित बनेका छन ।
समयमा पर्याप्त वर्षा नहुँदा तथा सिंचाईको उचित व्यवस्था नभएकै कारणले थोरै मात्रामा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार समयमा वर्षा हुँदा तथा सिंचाईको उचित व्यवस्था भएमा अहिलकोे समयमा करिब ६० प्रतिशत सम्म धान रोपाई हुनुपर्ने हो ।
यता साउनको पहिलो सात्ता वितिसक्दा पनि पर्याप्त वर्षा नभएका कारण सप्तरीका किसानहरु सुख्खा खेतमै धान रोप्न बाध्य भएका छन् । यसपाली मनसुन चाँडो शुरु भएपनि नेपालको पूर्वी तराइमा वर्षा नभएका कारण धानको बेर्ना समेत सुक्न थालेको छ । खासगरी जिल्लाका पश्चिमी भेगका किसानहरु सुख्खा खेत जोत्दै आएका छन भने केही किसानहरुले मोटरबाट समेत पानी हालेर खेती गर्न बाध्य छन ।
सिचाईको उचित ब्यवस्था छैन बर्षा पनि हुदैन कसरी खेती गर्ने चिन्ता गर्दै सप्तरीको गम्हरिया प्रवाहा ३ निवासी बिरेन्द्र साहले भने, “यस वर्ष आफुहरुलाई अहिले नै खडेरीको महसुश भईरहेको छ ।” बर्षभरि घरपरिवारलाई के खुवाएर जिवन काटने चिन्ता लागेको छ उनलाई ।
देशकै सबभन्दा पुरानो चन्द्रनहर र कोशी पम्प नहरमा समेत पानी नआउँदा किसानहरु झन मारमा परेको स्थानीय किसानहरुको गुनासो छ । नहरमा पानी आएको भए जिल्लाको झण्डै तीन दर्जन भन्दा बढी गाविसमा सहज रुपमा रोपाइँ गर्न सकिने अवस्था रहेपनि हालसम्म पानी नआउँदा किसानहरु निरास हुन थालेका छन् ।
यस्तै दुःखेसो सप्तरीको बेल्ही चपेना ९ निवासी बद्री यादबको पनि छ । आफूहरुले आकाशे पानीको भरमा खेति गर्दै आएपनि यसवर्ष खेत रोपाइँ गर्ने बेलामा पर्याप्त वर्षा पनि नभएपछि स्यालो ट्युवेल, पम्पीङसेट, भबलेटर आदी बैकल्पिक उपायहरु प्रयोग गरेर रोपाइँ शुरु गरेको तर, बिकल्पहरु समेत नभएकोे जग्गामा सुख्खा खेतमै रोप्नुपर्ने बाध्यता रहेको उनको कथन छ ।
आकाशमा कालो बादल लागेको देख्दा आज पानी पर्ला कि भने आश गरेपनि निराश हुदै आएको बताउँदै उनी भन्छन्, “हरेक दिन कालो बादल देख्दा पानी पर्ने आश जागेर आउँछ, तर हरेक दिन निरास भईन्छ, खेत बाँझो राख्नुभन्दो रोप्नु नै उपयुक्त ठानेर सुख्खा जमिनमा धान रोप्न बाध्य छौं ।” वर्षा नहुँदा चिन्ताले पिरोलेको अवस्थामा मलखाद्य समेत उपलब्ध नहुनुले किसानहरु थप मारमा परेको उनी दुःखेसो पोख्छन् ।
खेतमा चाहिने जति पानी नभएर जिल्लाको पश्चिमी, उत्तरी तथा पूर्वी दक्षिणी भेगका किसानहरु सुख्खा खेतमै धान रोप्न थालेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
यता समयमा पर्याप्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएका कारण रोपाइ हुन नसक्दा सप्तरीका किसानहरुले रोपेको धानको बिउँ (बेर्ना) लाई काटी पशु चौपायालाई खुवाईरहेका छन ।
यता स्थानीय किसानहरुले सप्तरीमा बर्षेनी सिंचाईको अभाव तथा पर्याप्त वर्षा नभएकै कारणले गर्दा खडेरी पर्ने प्रवल सम्भावना रहेकाले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ