News Category 2074/04/11
बाणिज्य बैंकको तर्कहीन नियम, एउटै राजश्व शिर्षक भएको एकै दिनमा दुइ भन्दा बढी दाखिला फाराम लिन नमिल्ने ः बाणिज्य बैंक
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
“कहि नभएको जात्रा हाडिगाउँमा” भन्ने उखान सप्तरीको एउटा सरकारी बैंकमा लागु भएको छ । सरकारी बैंकको रुपमा आफ्नो बैंकिङ सेवा सुविधालाई जनता माझ उच्च श्रेणीमा उभ्याउन सफल राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाले यस उखानलाई मंगलबार छर्लङ पारिदिएको छ । राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाले आन्तरिक राजश्व कार्यालय लाहान सिरहाको एउटै राजश्व शिर्षक नंं. भएको एकै दिनमा दुई भन्दा बढी राजश्व दाखिला फाराम बुझन् नमान्दा व्यवसायीहरु अन्यौलमा परेका छन् । यस्तो तर्कहीन नियमले बैंकको अपरिपकता झल्काएको छ ।
सो बैंकले मंगलबार राजविराज दैनिक, नवीन साप्ताहिकलगायत अन्य चार वटा छुट्टाछुट्टै फर्मको नाम र पान नं. समेत फरक भएको तर, राजश्व जम्मा गर्ने शिर्षक नं. एउटै भएकै कारणले राजश्व दाखिला फाराम एकै पटक बुझ्न मानेन् ।
बैंकले फर्महरुमा उल्लेख गरिएको राजश्व शिर्षक नं. (१११११) एउटै भएकोले एक दिनमा दुई वा सो भन्दा बढी राजश्व दाखिला फाराम लिन नमिल्ने जवाफ फर्काएको छ । उक्त फाराम दाखिला गर्ने महिला कर्मचारी लक्ष्मी श्रेष्ठले राजश्व शिर्षक नं. एउटै भएकोले सम्पूर्ण फर्मको एउटै राजश्व दाखिला फाराममा भरेर ल्याउन भनेकी थिइन् । उनले भनिन्, “राजश्व शिर्षक नं. एउटै भएकोले की त एउटै राजश्व दाखिला फाराममा सबैको विवरण भर्नुस् होइन भने पटक पटक गरि दैनिकी रुपमा ल्याउनुुस् ।”
यता सोही सम्बन्ध बैंककमा प्रबन्धक भोला निरौलासँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, “कोष तथा लेखा नियन्त्रक कार्यालय, बाणिजय बैंक र आन्तरिक राजश्व कार्यालयबीच राजश्व शिर्षक नं. एउटै भएको एक भन्दा बढी फर्महरुले एउटै राजश्व दाखिला फाराममा भर्नु पर्ने समन्वय भएको छ, तर, यसप्रति बुभ्न एक दिनको समय दिनुस् ।”
यता राजश्व सम्बन्धी पोख्त जानकार राख्ने राजविराज निवासी अशोक कर्णले बैंकको यस्तो जवाफलाई हास्यासपद भएको बताउनु भएको छ । उहाँले बैंकको यस्ता नियममा कुनै तर्क नरहेको दाबी गर्दै भन्नुभयो, “फर्मको नाम बेग्लै, पान नं. पनि बेग्लै अनि एउटै राजश्व दाखिला फाराममा कसरी विवरण भर्ने ।”
उहाँले बाणिज्य बैंकको यो नियमले सेवाग्राहीलाई दुख दिने काम मात्र गरेको आरोप लगाउँदै बैंकका कर्मचारीहरु अहिले पनि राजश्व तथा अन्य बैंकिङ प्रणालीको विषयमा समय अनुसार पोख्त भइनसकेकोमा दुःख समेत व्यक्त गर्नुभयो ।
यस्तै सोही बैंकका एक अवकाश प्राप्त कर्मचारीसँग यस प्रक्रिया बारे जानकारी गराउँदा उहाँले आफु कर्मचारी भएको बेलासम्म यस्तो प्रक्रिया बारे कहिले नसुनेको बताउदै बेग्ला बेग्लै नाम र पान नंं समेत भएको फर्मले छुट्टाछुट्टै फाराम मार्फत राजश्व दाखिला गर्ने नियम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ