News Category 2074/04/12
उच्च अदालतद्वारा शिक्षा कार्यालयसहित ६१ जना विपक्षीमाथी कारण देखाउ आदेश
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
शिक्षक भर्ना तथा जिल्लान्तर सरुवा लगायतका अन्य सम्पुर्ण कामकाज कानुन विपरीत र पारदर्शी सूचना समेत नगरेको भन्दै अधिवक्ता पुण्य प्रसाद यादवले उच्च अदालत जनकपुर राजविराजमा विपक्षीको नाउँमा परमादेश आदेश मुद्दा दर्ता गराएका छन् ।
कानुन विपरीत र पादर्शी सुचना समेत नगरी एक आपसमा मिलोमतो गरी शिक्षक भर्ना तथा जिल्लान्तर सरुवा लगायतका कामकाज गरेको भन्दै अधिवक्ता यादवले जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, राजविराज नगरपालिका कार्यालय, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बसाईन नगरपालिकालगायत १७ वटै स्थानिय तहका कार्यालय र विभिन्न विद्यालयसहित ६१ जना विपक्षीहरुरको उपरमा मुद्दा दायर गरेका हुन् ।
यता उच्च अदालतले साउन १० गते नै विपक्षीहरुको नाउँमा कानुन बमोजिम गर्नु भनि सहितको कारण देखाउ आदेश गरेको अधिवक्ता यादवले जानकारी दिनुभयो ।
अधिवक्ता यादवले नेपालको वर्तमान संविधान अनुसार बाल विकास केन्द्र, पुर्व प्राथमिक, आधारभुत, माध्यमिक शिक्षा प्लस टु सम्मको शिक्षण संस्थाहरु समेत सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सुपरिवेक्षण, समन्वय, नियमन र निर्देशनमा रही संचालन हुँदै आएको व्यवस्था रहेपनि सो संवैधानिक एवं कानुनी व्यवस्थालाई जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित विभिन्न विद्यालयहरुले पालना नगरी कुनै पनि गाउँपालिका र नगरपालिकासँग समन्वय नगरी, एक अर्कालाई जानकारी समेत नगरी कानुन विपरीत तरीकाबाट कार्य गरेको भन्दै सो रिट दायर गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ