News Category 2074/04/14
फोरम नेपालको बैठकमा पहाडी मूलका नेतामाथि खनिए मधेसी नेता
दैनिक समाचारदाता
काठमाडौं, १३ साउन ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि राजधानीमा चलिरहेको छ ।
बैठकमा चुनावी समिक्षा, भावी चुनावको रणनीति, संगठन सुदृढीकरण लगायतको एजेण्डामा छलफल भइरहेको छ । तर बैठकको रोचक पक्ष के छ भने पहाडी र मधेशी मूलका नेताहरुले फरक फरक धारणा राखेका छन् ।
पहाडी मूलका केन्द्रीय सदस्यहरुले चुनावमा गएर पार्टीले सही गरेको भनेका छन् भने मधेशतिरका केन्द्रीय सदस्यहरुले विना तयारी चुनावमा गएर गल्ती भएको धारणा राखेका छन् । यस्तै मधेसी मूलका नेताहरुले पहाडमा मत नआएको भन्दै आलोचना गर्दा पहाडी मूलका नेताहरुले भने संगठन निर्माणको आधार तयार भएको भन्दै बचाउ गरेका छन् ।
स्थानीय तहको चुनावमा फोरमलाई पहाडभन्दा मधेशमा बढी मत आएको छ । यहाँसम्म कि बैठकमा मधेशमा भएका पार्टीका पहाडी समुदायले पनि फोरम नेपाललाई मत नदिएको आरोप मधेसी मूलका केन्द्रीय सदस्यले लगाएका छन् ।
मधेश आन्दोलनबाट पार्टी स्थापना भएको फोरम नेपालले दोस्रो संविधानसभा चुनावपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेको थियो । आधार क्षेत्र मधेस रहेको सो एकीकृत पार्टीले पहाडमा संगठन विस्तार गरेपनि त्यसले पार्टीलाई खासै उपलब्धी नभएको टिप्पणीहरु पार्टी्भित्र हुन थालेको छ ।
एकतापछि बनेको २२९ जना केन्द्रीय कार्यसमितिमध्ये ११५ जना केन्द्रीय सदस्य पहाडी समुदायका रहेका छन् । तर चुनावमा खासै मत प्राप्त नभएको गुनासो नेताहरुले बैठकमै राखेका हुन् ।
फोरम नेपालले आन्दोलन गर्दा पनि पहाडमा प्रभाव देखाउन नसकेको गुनासो पार्टी्भित्र सुनिएको थियो ।
केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य जयराम यादवले पहाडबाट मत नआएको गुनासो गरेका थिए । स्रोतका अनुसार नेता यादवले पहाडमा संगठन छ भनेर पार्टी चुनावमा गएको भएपनि केहि परिणाम नआएको बताए ।
तर मत नआएपनि यो चुनावले संगठन निर्माण गर्ने वतावरण तयार गरेको दावी धनप्रसाद गुरुङ्गले गरेका थिए ।
पार्टीका महासचिव रणध्वज काङ्माङले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा भने अपेक्षाकृत मतपरिणाम ल्याउन नसकेपनि जोखिम मोलेर चुनावमा भाग लिन ठूलो कुरा भएको उल्लेख गरिएको रातोपार्टी अनलाइनमा जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ