News Category 2074/04/16
नेपालकै पुरानो चन्द्रनहरको बाँध फुट्दा किसानहरु चिन्तित
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित नेपालकै पुरानो चन्द्रनहर फुटेपछि किसानहरुको सयौं बिगहा धान बाली नष्ट भएको छ ।
जिल्लाको कन्चनरुप नगरपालिका ८ स्थित पश्चिम रहेको चन्द्र नहर भत्किदा करिब पाँच सय बिगहा जमिन जलमग्न भएको हो । सो जग्गामा पानीसँगै थुप्रिएको बालुवाका कारण लगाइएको धान बाली नष्ट भएपछि त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले सो क्षेत्रमा लगाइएको धान बाली डुवानमा परेको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ ।
नहरमा धेरै पानीको बहाव बढेपछि बाँध फुटेको हो । यता फुटेको नहरको बाँधलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत दुई बर्ष अघि पनि चन्द्रनहरको दुई ठाउँमा बाँध फुटेर सयौ बिगहा जमिनमा लगाइएको धान बाली नष्ट भएको थियो । मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका हरेक वर्ष सयौं बिगहा खेति योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ