News Category 2074/04/16
नेपालकै पुरानो चन्द्रनहरको बाँध फुट्दा किसानहरु चिन्तित
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित नेपालकै पुरानो चन्द्रनहर फुटेपछि किसानहरुको सयौं बिगहा धान बाली नष्ट भएको छ ।
जिल्लाको कन्चनरुप नगरपालिका ८ स्थित पश्चिम रहेको चन्द्र नहर भत्किदा करिब पाँच सय बिगहा जमिन जलमग्न भएको हो । सो जग्गामा पानीसँगै थुप्रिएको बालुवाका कारण लगाइएको धान बाली नष्ट भएपछि त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले सो क्षेत्रमा लगाइएको धान बाली डुवानमा परेको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ ।
नहरमा धेरै पानीको बहाव बढेपछि बाँध फुटेको हो । यता फुटेको नहरको बाँधलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत दुई बर्ष अघि पनि चन्द्रनहरको दुई ठाउँमा बाँध फुटेर सयौ बिगहा जमिनमा लगाइएको धान बाली नष्ट भएको थियो । मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका हरेक वर्ष सयौं बिगहा खेति योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ