News Category 2074/04/16
छाडा सुँगुर नियन्त्रण अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र छाडा रुपमा देखिने सुँगुर नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।
नगरवासीको ब्यापक गुनासो आएपछि छाडा सुँगुर नियन्त्रणको अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी र युथ नेपाल सप्तरी लगायत बिभिन्न सरोकारबालाहरुसंग पटक पटक गरेको छलफल पश्चात् नगरपालिकाले सो अभियान सुरु गरेको निमित्त कार्यकारी अधिकृत उमेशकुमार यादवले जानकारी दिनुभयो । ्
यता अभियान सुरु गरिएपछि आइतबारसम्म २५ वटा सुँगुर मारिएको उहाँले जानकारी दिनुभयो । अभियानको नेतृत्व गरिरहेका सरसफाई इन्चार्ज रामकुमार यादवले पहिलो दिन एकैपटक ६ वटा सुँगुर मारिएको र त्यसपछि निरन्तर २÷३ वटाको दरले सुँगुर मार्ने क्रम जारी नै राखेको बताउनुभयो ।
छाडा सुँगुर मार्ने अभिायनमा लागेका कर्मचारीहरुले भने सुँगुर नियन्त्रणमा नआएसम्म अभियान जारी रहने वताएका छन् । अहिले वजार तथा सडकमा भेटिएका सुँगुरलाई समेत मारिने गरेको नगरपालिकाले जनाएको छ ।
अर्कोतर्फ नगरपालिकाको अगुवाईमा सञ्चालन भईरहेको यो अभियानले नगरमा छाडा सुँगुर र अन्य पशुचौपाया समेत नियन्त्रणमा लिने प्रयास भइरहेको कार्यकारी अधिकृत यादवले भन्नुभयो ।
यस्तै राजविराज नगरपालिकाले सुँगुर पालकसँग पनि सुँगुर नियन्त्रणका बारेमा छलफल गर्ने र सुँगुर नियन्त्रणका लागि नगरपालिकामा कान्जि हाउस समेत बनाएर १५ दिनसम्म सो कान्जी हाउसमा राखेर कोही सुँगुर लिन नआएको खण्डमा सुँगुर लिलाम पनि गर्ने प्रमुख यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ