News Category 2074/04/16
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट युक्तिलाल मरिक सम्मानित हुने
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित गर्ने निर्णय भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरेको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १५ गतेको बैठकले दोस्रोपटक डोमलाई सम्मानित गर्ने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिने कोषले जनाएको छ ।
दुई दशकदेखि गरीब, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहिनहरुको उत्पीडन विरुद्ध कटिबद्ध भई सामाजिक कार्यमा सक्रिय युक्तिलाल मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।
डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तिर्ण डोम वि.स. २०५६ देखि डोम जातीको भुमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठीवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशिल छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ