News Category 2074/04/17
“राजपालाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र” बिखण्डनकारीलाई जन्माउने ठूला दल नै ः थापा
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेस र वर्तमान सरकार मधेशको मुद्दालाई समाधान गर्नतर्फ गम्भिर नरहेको आरोप लगाउनु भएको छ ।
स्थानिय तहको निर्वाचनका क्रममा पार्टीको प्रचार प्रसारका निम्ति सोमबार राजविराज आइपुग्नु भएका अध्यक्ष थापाले पत्रकार सम्मेलन गरि सो आरोप लगाउनु भएको हो ।
सरकारले मधेश केन्द्रित दल राजपालाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको भन्दै अध्यक्ष थापाले सतारुढ राजनीतिक दलहरु राजनीतिक स्वार्थको कारणले गर्दा मधेशको मुद्दालाई समाधान नगरि र राजपालाई चुनावमा भाग लिन नदिने परिस्थितिमा रहेको अरोप लगाउनुभयो ।
उहाँले ठूला दलहरुको गलत नीति, अक्रमनीयता तथा जिद्दिका कारणले मधेशमा विखण्डनकारीहरुले आफ्नो गतिविधीलाई बिस्तार गरिरहेको भन्दै अध्यक्ष थापाले यस्ता गतिविधीलाई परास्त पार्न राजपालाई चुनावमा भाग लिन सरकारले वातावरण बनाउनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
उहाँले मधेशमा सानो सुक्ष्म रुपमा रहेको विखण्डनकारी शक्तिलाई परास्त पार्न राजपालाई निर्वाचनमा सहभागि गराउनु पर्ने धारणा राख्दै रापप्राले मधेश मुद्दा समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
एक अर्को प्रसङगमा अध्यक्ष थापाले वर्तमान सरकारबाट निकट भविष्यमै समर्थन फिर्ता लिने बताउँदै यसका लागि पार्टी मिति र तिथिको पखाईमा रहेको जिकिर गर्नुभयो ।
राप्रपाले २ नं. प्रदेशको स्थानिय तहको निर्वाचनमा हिन्दु राष्ट्रको स्थापना, मधेशको अधिकार र पहिचानको संरक्षण र सम्वद्र्धन र समग्र आर्थिक विकासलाई मुख्य एजेण्डको रुपमा लिएर जनता माँझ लैजाने उहाँले बताउनुभयो ।
अध्यक्ष थापाले आउँदो दिनमा ७ सय ४४ वटै स्थानिय तहमा हिन्दु राष्ट्र जनजागरण अभियानको आयोजना गर्ने र संविधान संशोधनमार्फत धर्मनिरपेक्ष राज्यको खारेजी तथा मुलुकमा हिन्दु राष्ट्रको पुर्नस्थापना गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ