News Category 2074/04/18
फ्रि भिसा फ्रि टिकट कार्यान्वयनमा ल्याउछु ः मन्त्री मन्सुर
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
श्रम तथा रोजगार मन्त्री फरमुला मन्सुरले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन नहुनुले बैदेशिक रोजगारीमा जानेहरुले अनावश्यक दुःख पाइरहेको बताउनुभएको छ ।
सामी परियोजना अन्तरगत सप्तरीमा संचालनमा रहेको सुरक्षित बैदेशिक रोजगार सम्बन्धी कार्यक्रमको अनुगमनका क्रममा मंगलबार आउनु भएको मन्त्री मन्सुरले जिल्लामा परियोजनाले बैदेशिक रोजगारीमा जाने युवाहरुका लागि गरिरहेको कार्यको प्रसंशा गर्नुभयो ।
उहाँले देशभित्र रोजगारीको अवसर नहुँदा वर्षेनी लाखौको संख्यामा युवाहरु विदेशीने क्रम वढेकोमा चिन्ता ब्यक्त गर्दै बैदेशीक रोजगारलाई सुरक्षित, मर्यादित र स्वदेशमै रोजगारीको अवस्था सृजना गर्न आफुले मन्त्रालय मार्फत ठोस कार्यनीतिहरु वनाएर अघि वढने वताउनुभयो ।
बैदेशिक रोजगारीका क्रममा जानेहरु ठगिने वा दुःख पाएको सूचना पाए लगत्तै ठाडो उजुरीको आधारमा तुरुन्त कारवाही अगाडी बढाउन स्थानिय प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
उहाँ फ्रि भिसा प्रि टिकट कार्यान्वयनका लागि आफूहरु लागिपरेको जिकिर गर्दै सो विषयलाई छलफलको माध्यमबाट अगाडी बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले दक्षिण कोरियासँग नेपालले जसरी श्रम सम्झौता गरि कामदारहरुलाई पठाइने व्यवस्था मिलाएको छ त्यसरी नै अन्य खाँडी मुलुकमा नेपाल कामदारलाई पठाउने व्यवस्था सरकारले मिलाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
यसअघि सामी परियोजनाले सप्तरीमा गरेको कार्यहरुको विवरण मन्त्री समक्ष प्रस्तुत गरेको थियो । सोही कार्यक्रममा बैदेशिक रोजगारमा सप्तरीबाट हालसम्म गएका मध्ये १ सय १८ जनाको मृत्यु भइसकेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
सप्तरी साम्दायिक विकास केन्द्र नेपालले सो परियोजनाका लागि सूचना तथा परामर्श दिने कार्य गरिरहेको छ भने सबल नेपाल राजविराजले समुदायलाई लक्षित गरि सुरक्षित बैदेशिक रोजगार सम्बन्धी कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सामी परियोजनाका केन्द्रिय प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले मन्त्री मन्सुर, प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारलगायत सामी परियोजनाका केन्द्रिय प्रतिनिधीहरुलाई गम्छा ओढाएर र मायाको चिनो प्रदान गरेर सम्मान समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ