News Category 2074/04/18
हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकभर अभियान चलाउने डा. लोहनीको घोषणा
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा गर्नुभएको छ ।
तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मंगलबार राजविराजमा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई संविधानवाट हटाउन जनताले जनादेश नदिएको दावी गर्नुभएको छ ।
उहाँले जनभावना विपरीत गरिएको निर्णय फिर्ता लिन र त्रुटी सच्याउन देशभर अभियान मार्फत दवाव सृजना गर्ने बताउनुभयो ।
उद्योगधन्दा र सिचाईको अभावमा रोजगारी समस्या विकराल वन्दै गएको र मुलुकले आर्थिक विकासमा गति लिन नसकेको भन्दै हिन्दु राष्ट्र र समृद्ध नेपाल निर्माणका लागि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई वलियो वनाउन सवैसँग आग्रह समेत गर्नुभयो ।
यस्तै सभामा पार्टीका उपाध्यक्ष डा. सुस्मा आचार्यले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधरमा पार्टी लागेको भन्दै नेपाल हिन्दु राष्ट्र भए मुलुक पनि शसक्त वन्ने र विकास तर्फ लम्किने दावी गर्नुभयो ।
जिल्ला अध्यक्ष श्याम मण्डलको अध्यक्षतामा आयोजित सभामा तराई मधेशका संयोजक एवम् केन्द्रिय सदस्य महामायाँ प्रसाद सिंह, पार्टीका वरिष्ठ नेता केशरवहादुर विष्ट लगायतले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रले मुलुकलाई स्थिरतातर्फ उन्मुख हुने धारणा राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ