News Category 2074/04/18
हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकभर अभियान चलाउने डा. लोहनीको घोषणा
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा गर्नुभएको छ ।
तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मंगलबार राजविराजमा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई संविधानवाट हटाउन जनताले जनादेश नदिएको दावी गर्नुभएको छ ।
उहाँले जनभावना विपरीत गरिएको निर्णय फिर्ता लिन र त्रुटी सच्याउन देशभर अभियान मार्फत दवाव सृजना गर्ने बताउनुभयो ।
उद्योगधन्दा र सिचाईको अभावमा रोजगारी समस्या विकराल वन्दै गएको र मुलुकले आर्थिक विकासमा गति लिन नसकेको भन्दै हिन्दु राष्ट्र र समृद्ध नेपाल निर्माणका लागि एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई वलियो वनाउन सवैसँग आग्रह समेत गर्नुभयो ।
यस्तै सभामा पार्टीका उपाध्यक्ष डा. सुस्मा आचार्यले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधरमा पार्टी लागेको भन्दै नेपाल हिन्दु राष्ट्र भए मुलुक पनि शसक्त वन्ने र विकास तर्फ लम्किने दावी गर्नुभयो ।
जिल्ला अध्यक्ष श्याम मण्डलको अध्यक्षतामा आयोजित सभामा तराई मधेशका संयोजक एवम् केन्द्रिय सदस्य महामायाँ प्रसाद सिंह, पार्टीका वरिष्ठ नेता केशरवहादुर विष्ट लगायतले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रले मुलुकलाई स्थिरतातर्फ उन्मुख हुने धारणा राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ