News Category 2074/04/19
राजबिराज नगरपालिकालाई नमुना शहर बनाउने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
संघीय समाजवादी फोरम नेपालबाट राजबिराज नगरपालिकाका लागि प्रस्ताबित प्रमुखका उम्मेदवार भिमराज यादबले राजबिराज नगरपालिकालाई देशकै नमुना शहरको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपाल राजबिराज नगरपालिका वडा नम्बर १३ द्वारा बुधबार राजबिराजमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो प्रतिबद्धता जनाउनु भएको हो ।
यादबले नगरपालिकाको सबै सडकलाई कालोपत्रे गर्ने, बिद्युत, पानी लगायतका जनताको आधारधुत आबश्यतालाई प्रथामिकतामा राखी राजबिराज नगरपालिकालाई नमुना नगरको रुपमा बिकास गर्ने उल्लेख गर्नुभयो ।
मुलुककै जेठो नगरपालिकाको रुपमा रहेपनी अपेक्षित बिकास हुन नसकेको बताउदै उहाँले राजबिराज नगरपालिकामा भएको फोहरमैला ब्यबस्थापन, बृक्षा रोपन गरी हराभार बनाई समृद्ध शहर बनाउने लक्ष्य जिकिर गर्नुभयो ।
यसैगरी फोरम नेपालकै तर्फबाट प्रस्तावित उपप्रमुखका उम्मेदवार किरण साहले सामाजिक सुरक्ष भत्ता बृद्धी गरी तेब्बर बनाउने, सुत्केरी भत्ता बढाउने, लक्षित समुहको बजेटलाई निरन्तरता दिई पछाडी पारिएका समुदायको बिकस गर्ने लक्ष्य रहेको बताईन ।
संघीय समाजवादी फोरम नेपाल राजबिराज नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्पामसुन्दर यादबको अध्यक्षता तथा तराई मधेश प्रदेश नम्बर २ का सदस्य यूसुफ अलिको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, जिल्ला सदस्य अरुण कुमार यादब, नेता बद्री यादब, महिला नेतृ सुमित्रा यादबलगायतकाले स्थानीय तहमा मधेशी, आदिबासी, मुश्लिम, दलित समुदायको अधिकार सुनिश्चितताको लागी पार्टीको जित आबश्यक रहेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ