News Category 2074/04/22
मतदाता नामावलीमा नाम दर्ताका लागि नयाँ नागरिकता बनाउनेको घुँइचो, ५० प्रतिशत एमआरपी बनाउनेको संख्यामा कमी
राजविराज÷प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले साउन १ देखि ३२ गतेसम्म उमेर पुगेका र छुटेका मतदाताहरुका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न समय दिएपछि सप्तरीमा अहिले नागरिकता बनाउनेहरुको संख्यामा बृद्धि भएको छ भने यता सप्तरीमा दुई वर्षमा झण्डै ५० प्रतिशत एमआरपी बनाउनेको संख्यामा कमी आएको छ ।
निर्वाचन आयोगले साउन १ देखी ३२ सम्म प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन समय दिएपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा नयाँ नागरिकता बनाउनेहरुको संख्यामा बृद्धि भएको छ । यसअघि सो कार्यालयमा दिनहुँ ४० देखी ५० को संख्यामा नागरिकताका लागि आवेदन आउने गरेकोमा एक सातादेखी १ सय २५ जना बढीको नयाँ नागरिकताका लागि आवेदन आउने गरेको सो कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाका अनुसार निर्वाचन आयोगले छुटेका मतदाताहरुका लागि नाम दर्ता गराउने समय दिएपछि एक हप्तादेखी नागरिकता बनाउनेहरुको संख्या ह्वातै बढेको बताउनुहुन्छ ।
यता जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दिनहँु भिंड बढ्दै गएको छ । निर्वाचन आयोगले सुरुमा साउन १ देखी १५ गतेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा मात्र नाम दर्ता गराउने समय दिएकोले सो समयअवधीमा सप्तरीमा करिब ३ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरले दिएको जानकारी अनुसार साउन १ देखी १५ गतेसम्ममा पुरुष १ हजार ८ सय १३ र महिला १ हजार १ सय १८ गरि जम्मा २ हजार ९ सय ३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
यस्तै निर्वाचन आयोगले पुनः साउन १६ देखी ३२ सम्म जिल्लास्थित सम्पूर्ण स्थानिय तहका कार्यालयहरुमा नाम दर्ता गराउन भनेपछि सप्तरीको १७ वटै स्थानिय तहका कार्यालयबाट ३ सय ४ जना पुरुष र १ सय ६३ जना महिला गरि ४ सय ६७ जनाले नाम दर्ता गराइसकेका छन् ।
यता मतदाताहरुको सुविधाका लागि निर्वाचन कार्यालय सप्तरीले कार्यालय समय भन्दा एक घण्टा अगाडी र एक घण्टा पछाडी अर्थात शुक्रबार बाहेक अरु दिन बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म नाम दर्ता गराउन सक्ने प्रावधान मिलाएको छ ।
शुक्रबार बिहान ९ बजेदेखी ४ बजेसम्म र सार्वजनिक विदाको दिन पनि बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म मतदाता नामावली संकलन कार्य जारि रहने जिल्ला निर्वाचन प्रमुख ठाकुरले बताउनुभयो । यसका लागि जिल्ला निर्वाचन कार्यालयमा कार्यालयमा दुई जना कम्प्युटर अपरेटर खटाएको छ ।
यसअघि निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाका लागि स्थायी ठेगाना भएका मतदाताहरुले सोही स्थानबाट पुगेर नाम दर्ता गराउने प्रावधानलाई हटाएर अब जुनसुकै जिल्लाको निर्वाचन कार्यालयबाट मात्र आफ्नो जिल्लाका लागि नाम दर्ता गराउने सक्ने प्रावधान राखेको निर्वाचन प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
यता पटक पटक भएको मधेश आन्दोलनका कारण सप्तरीबाट एमआरपी बनाउनेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रशासान कार्यालय सप्तरीले दिएको तथ्याङ्क अनुसार सप्तरीबाट आर्थिक वर्ष २०७३ साउनदेखी २०७४ असार मसान्तसम्म १० हजार ७६ जनाले एमआरपी लिएका छन् ।
यो तथ्याङक विगत दुई वर्षको तुलनामा झण्डै ५० प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७२÷२०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ तथा आर्थिक वर्ष २०७१÷२०७२ मा करिब १९ हजारले एमआरपीकालागि आवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका एमआरपी फाँटका प्रमुख नासु तोम प्रसाद दाहालले एमआरपी लिनेहरुमा कमी आउनेको मुख्य कारण आन्दोलन नै रहेको बताउनुहुन्छ । उहाँले यस बाहेक विगतमा हस्तलिखित राहदानी लिएकाहरुले अनिवार्य रुपमा एमआरपी बनाइसकेकोले पनि अहिले एमआरपी लिनेहरुमा कमी आएको बताउनु हुन्छ ।
यस्तै नासु दाहालले एमआरपी बनाउनेहरुमा १० प्रतिशत विद्यार्थी, १० प्रतिशत आफन्तलाई भेट्न विदेश जानेहरु तथा हज यात्रीहरु तथा ८० प्रतिशत बैदेशिक रोजगारीमा जानेहरु नै रहेको बताउहुन्छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साधारणतर्फ ७ हजार ७ सय २३ र द्रुत सेवा अन्तरगत २ हजार ३ सय ५३ जनाले एमआरपी बनाएका छन् । साधारण तर्फ रु. ५ हजार र दु्रत सेवा अन्तरगत रु. १० हजार लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले एमआरपीकालागि आवेदन दिनेको संख्या दैनिक ३० देखी ४० सम्मको हाराहारीमा रहेको छ । बढ्दो बेरोजगारी तथा जिल्लामा उद्योग कलकारखाना नरेहकोले रोजगारीका लागि युवाहरु बिदेशिने गरेका छन् । एमआरपी बनाउनेहरु प्राय गरि १८ देखी ३५ वर्षसम्मका यूवा युवतीहरु रहेका छन् भने त्यसमा पनि बढी १८ सम्मका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ