News Category 2074/04/27
खाँडो खोलाको बाँध मर्मत गर्न खोज्दा बाढीमा एक वेपत्ता, बाढीका कारण बाँध भत्कियो, सयौं घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
खाँडो खोलमा आएको बाढीमा सप्तरीमा एक जना वेपत्ता भएका छन् । सप्तरी सदरमुकाम राजविराज १५ देउरी भरुवास्थित खाँडो खोलामा आएको बाढीले बाँध भत्काउ्रँदै गर्दा सो बाँध मर्मत गर्न गएका राजविराज १५ निवासी ५० वर्षिय डोमी यादव माटोको ढिस्कोले पुरिएर वेपत्ता भएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा बाँध मर्मत गर्दा अचानक बाँधको माटोको ढिस्कोले पुरिएर यादव वेपत्ता भएको प्रहरीले जनाएको छ ।
यता नजिकै नेपाली सेनाको टोली खटिएपनि माटोको ढिस्कोले पुरिएका यादवलाई तत्कालै खोजी गर्न सेनाले कुनै तत्परता नदेखाएको स्थानीयहरुको आरोप छ ।
यस्तै वेपत्ता यादवको खोजी कार्य जारि रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभएको छ ।
त्यस्तै बिहीबार बिहानै देखी परेको अविरल वर्षाका कारण राजविराज १ डुमरी शिवथानस्थित खाँडो खोलाको बाँध भत्किएको छ । बाँध भत्किएपछि स्थानियहरु त्रसित भएका छन् भने उक्त क्षेत्र वरिपरि लगाइएको धान खेतमा पानी पसेको छ ।
बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका १ र ३ सकरपुरा गाउको एक दर्जन घर डुबानमा परेको छ । त्यस्तै सप्तकोशी नदीको बहाव बढ्नपछि जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ७ स्थित मुसहरी टोलका ५५ घर डुवानमा परेका छन् ।
त्यस्तै सोही नगरपालिका १४ डलुवास्थित एक दर्जन बढी घर जोखिममा परेका छन् भने कंचनरुप नगरपालिका ७ स्थित बान्द्रा खोलामा आएको बाढीले बाँध भत्किंदा सोही स्थानीय गणेश विष्ठको पाँच कठ्ठा धानबाली, कपिल खड्काको तीन कठ्ठा जमीनमा पानी पसेर क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ