News Category 2074/04/27
२ नं. प्रदेशमा फोरम पहिलो पार्टी बन्छ ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले २ नं. प्रदेशमा हुने स्थानिय तहको निर्वाचनमा फोरम पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा बिहीबार राजबिराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
मधेशी जनताको अधिकार सुनिश्चितताको लागी फोरम नेपाल संर्घषरत रहेको उल्लेख गदै अध्यक्ष यादवले पार्टीप्रति मधेशी जनताको बिश्वास र सद्भावले मधेशको आठ जिल्लामा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
सरकार र मधेशी बिरोधी शक्तीहरुको चलखेलले गर्दा मधेशमा निर्वाचन हुननसकेको भन्दै उहाँले चुनाव नगराउदा मधेशलाई ठूलो क्षती पुगेको जिकिर गर्नुभयो । बिखण्डनकारी शक्तीहरुले साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकारहरु सलबलाउन थालेको प्रष्ट पार्दै अध्यक्ष यादबले फोरम एउटै नेपाल भित्र मधेशसहितको राज्यको पक्षमा रहेको स्पष्ट पार्नभयो ।
केन्द्रिकृत राज्यसत्ता र शासन सदियौदेखी बिभेद र उत्पीडनमा परिएका जनतालाई हस्तान्तरण गर्न चाहेको बताउँदै उहाँले कठित सामान्ती शासकहरुले आमउत्पीडीत समुदायलाई स्थानिय सरकारमा प्रनिधित्वबाट बञ्चित गर्ने मनसायले संबिधान संशोधन सहितको पार्टीले उठाएको मुद्धा संबोधन बिनै चुनाब गारएको आरोप लगाउनुभयो ।
अध्यक्ष यादबले चुनाबलाई समेत सर्घषकै रुपमा लिएको बताउनुभयो । उहाँले स्थानिय तहको चुनाबलाई उपयोग गरी जनताको अधिकार स्थापीत गर्ने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादब, केन्द्रिय उपाध्यक्ष एबम तराई मधेश प्रदेशका संयोजक रेणु यादब र केन्द्रिय उपाध्यक्ष हेमराज राईले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकार सुमन चौधरी, केन्द्रिय सदस्य एबं राजनीतिक समिती सदस्य शैलेन्द्र साह, केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादब, केन्द्रिय सदस्य एबम सह ईन्चार्ज बिनोद चौधरी, केन्द्रिय सदस्यहरु जगदेब यादब, उमेश यादब, सुर्यनाथ यादब, चित्त नारायण यादब, अशोक यादब, दिपक यादब, लगायतको उपस्थिी रहेको थियो । यसैगरी नेता महेन्द्र प्रसाद चौधरी, जिल्ला निर्बाचन डेक्स सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, तराई मधेश प्रदेश समितीका सदस्यहरु यूसुफ अलि, राधेश्याम पंडीत लगायतका जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्देश्य बारे तराई मधेश प्रदेशका मुख्य सचिब शम्भु झाले प्रकाश पार्नुभएको थियो । संघीय समाजवादी फोरम नेपाल सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा राजबिराज नगरपालिका, बोदेबर्साईन नगरपालिका, हनुमाननगर कंकालिनीमाई नगरपालिका, माहादेबा गाउँपालिका,बेल्हीचपेना गाउँपालिका, कोईलाडी तिलाठी गाउँपालिका ईटहरी बिष्णुपुर गाउँपालिका र छिन्नामस्ता गाउँपालिकाका गरी आठ स्थानी तहका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ