News Category 2074/05/03
धमाधम पशुचौपायाहरु मर्न थाले महामारी बढ्ने सम्भावना
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
बाढी प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १५ स्थित रम्पुरा मल्हनिया गाबिस ३ र ४ स्थित डलबाको कोशी पलारमा पशु चौपायाहरु धमाधम मर्न थालेका छन ।
लगातारको बर्षापछि आएको बाढीले सो भेगका कोशी पलार पुर्ण रुपमा डुबानमा परेपछि पशु चौपायाहरु विगत एक सात्तादेखि कोशी बाँधमा शरण लिई बस्दै आएका थिए ।
पशु चौपायाहरुमा विभिन्न रोगका प्रकोपहरु देखा पर्नुका साथै सयौं पशु चौपायाहरु मरेपछि किसानहरु चिन्तित बनेका छन ।
यता पशुचौपायाहरु मर्न थालेपछि त्यस क्षेत्रमा महामारीको सम्भावना समेत बढेको छ ।
बाढीपछि पशु चौपायहरुमा विभिन्न रोगका प्रकोपहरु देखापर्न थालेपछि त्यहाँका किसानहरु चिन्तित बन्नुका साथै पशु चौपायाहरुलाई सुरक्षित स्थानमा सार्न समेत थालेको डलबाका किसान उमेश यादवले बताए ।
लगातारको बर्षापछि पशु चौपायाहरुले विगत एक सात्तादेखि बाँधमा राख्नुका साथै खानेकुराहरु खान नपाएर कतिपय पशु चौपायाहरु मरिसकेका छन भने कतिपय मर्ने अवस्थामा रहेका छन् ।
सो भेगका रम्पुरा मल्हनिया, सकरपुरा, लौनिया, तिलाठी, हनुमाननगर, ईनर्वा, कोईलाडी सहितका गाबिसका दर्जनौ पशु चँैपायाहरु अहिले खान नपाएर मर्ने अवस्थामा पुगेको स्थानीय किसानहरु बताउछन् ।
दर्जनौ किसानका पशु चौपयाहरु मरेपनि अहिलेसम्म आवश्यक औषधि तथा अन्य कुनै सेवा सुबिधाहरु सरकार तथा पशु सेवा कार्यालय एवं सम्बन्धित कुनै पनि निकायबाट नपाएको कृषकहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ