News Category 2074/05/05
तीजको दर खाने रकम बचाएर बाढीपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
महिलाहरुको महान चाड तीज पर्वमा दर खाने रकम बचाएर आइतबार सप्तरीको विभिन्न बाढी प्रभावितहरुलाई विभिन्न संघ संस्थाहरुले राहत वितरण गरेका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १५ स्थित रम्पुरा मल्हनिया टोलका एक सय परिवारलाई रोटरी क्लब अफ भादगाउँद्वारा राहत वितरण गरिएको छ ।
रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ नेपाल, बालबालिकाका निमित गैर सरकारी संस्थाहरुको महासंघ नेपाल, सहयोगका लागि हातहरु नेपाल, वेभ अफ वाटर तथा शुभशिल महिला समुह बनस्थली काठमाण्डौंको सहयोगमा त्यहाँका एक सय परिवारलाई राहत स्वरुप चामल १५ किलो, भुजा, चाउचाउ तथा पानी शुद्धिकरणका लागि एक एक थान फिल्टर लगायतका सामग्रीहरु प्रदान गरेका हुन ।
सो राहत वितरण कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष तुलाधर कटेल, महासंघका कोषाध्यक्ष बसन्ती शाही, महासचिव मनोज मणी कटेल, प्रकाश थापा, लोकतान्त्रिक गैसस महासंघ सप्तरीका अध्यक्ष अर्जुन कुमार यादव, उपसभापति श्रीनारायण यादव, सचिव मिथिलेश यादव, अभिषेक यादव, रुपेश यादव, लक्ष्मण मण्डल, कोषाध्यक्ष विनय दास लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी काठमाण्डौंका अनलाईन मिडिया संचारकर्मीहरुले समेत आईतबारै रम्पुरा मल्हनियाका विभिन्न स्थानमा चामल, चाउचाउ, भुजा, बिस्कुट लगायतका राहतका सामग्रीहरु वितरण गरेका छन ।
त्यसैगरी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ स्थित सकरपुराका ११ जना दलित परिवारलाई आईतबार धर्मी हल्फा महिला विकास क्लव लालापटीले राहत वितरण गरेको छ ।
हेल्प नेपाल नेटवर्कको सहयोगमा क्लवले सकरपुराका दलित बस्तीका ११ जनालाई राहत स्वरुप त्रिपाल १ थान, धोति १, साडी, झुल, ताना, थाल, गिलास, डेक्सी, कराही, साबुन, टुथपेस्ट, ब्रस सहितका सामग्रीहरु वितरण गरेको क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
त्यस्तै विष्णुपुर गाउँपालिका वडा न.६ स्थित गोरगामा रंजितपुरका ४० परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ