News Category 2074/05/05
तीजको दर खाने रकम बचाएर बाढीपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
महिलाहरुको महान चाड तीज पर्वमा दर खाने रकम बचाएर आइतबार सप्तरीको विभिन्न बाढी प्रभावितहरुलाई विभिन्न संघ संस्थाहरुले राहत वितरण गरेका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १५ स्थित रम्पुरा मल्हनिया टोलका एक सय परिवारलाई रोटरी क्लब अफ भादगाउँद्वारा राहत वितरण गरिएको छ ।
रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ नेपाल, बालबालिकाका निमित गैर सरकारी संस्थाहरुको महासंघ नेपाल, सहयोगका लागि हातहरु नेपाल, वेभ अफ वाटर तथा शुभशिल महिला समुह बनस्थली काठमाण्डौंको सहयोगमा त्यहाँका एक सय परिवारलाई राहत स्वरुप चामल १५ किलो, भुजा, चाउचाउ तथा पानी शुद्धिकरणका लागि एक एक थान फिल्टर लगायतका सामग्रीहरु प्रदान गरेका हुन ।
सो राहत वितरण कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष तुलाधर कटेल, महासंघका कोषाध्यक्ष बसन्ती शाही, महासचिव मनोज मणी कटेल, प्रकाश थापा, लोकतान्त्रिक गैसस महासंघ सप्तरीका अध्यक्ष अर्जुन कुमार यादव, उपसभापति श्रीनारायण यादव, सचिव मिथिलेश यादव, अभिषेक यादव, रुपेश यादव, लक्ष्मण मण्डल, कोषाध्यक्ष विनय दास लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी काठमाण्डौंका अनलाईन मिडिया संचारकर्मीहरुले समेत आईतबारै रम्पुरा मल्हनियाका विभिन्न स्थानमा चामल, चाउचाउ, भुजा, बिस्कुट लगायतका राहतका सामग्रीहरु वितरण गरेका छन ।
त्यसैगरी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ स्थित सकरपुराका ११ जना दलित परिवारलाई आईतबार धर्मी हल्फा महिला विकास क्लव लालापटीले राहत वितरण गरेको छ ।
हेल्प नेपाल नेटवर्कको सहयोगमा क्लवले सकरपुराका दलित बस्तीका ११ जनालाई राहत स्वरुप त्रिपाल १ थान, धोति १, साडी, झुल, ताना, थाल, गिलास, डेक्सी, कराही, साबुन, टुथपेस्ट, ब्रस सहितका सामग्रीहरु वितरण गरेको क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
त्यस्तै विष्णुपुर गाउँपालिका वडा न.६ स्थित गोरगामा रंजितपुरका ४० परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ