News Category 2074/05/06
बाढीपीडितका लागि निशुल्क स्वास्थ्य शिविर संचालन
दैनिक समाचारदाता
राजविराज, ५ भदौंै ।
बाढी प्रभावित क्षेत्र सप्तरीको रम्पुरा मल्हनिया र मैनाकडेरीमा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले तिन दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
मेडिकल कलेजका १८ जना चिकित्सकहरुको एक टोलीले लगातार तिन दिनसम्म बाढी प्रभावित क्षेत्रका बाढीपीडित परिवारहरुलाई निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।
सो शिबिरमा साबिक रम्पुरा मल्हनिया हाल हनुमाननगर कंकालिनी नगरपािलका वडा न. १५ का ३५० जना तथा मैनाकडेरीका २५० जना बिरामीहरुलाई निशुल्क चेकजाँच तथा औषधि समेत वितरण गरेको चिकित्सका टोलीका प्रकाश मण्डलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो स्वास्थ्य शिबरमा खासगरी सबैभन्दा बढी महिलाहरुमा कमजोरी, बिपि कम भएको, हार्ड जोर्नी दुख्ने, रिङ्गटा लाग्ने लगायतका समस्याहरु देखिएको छ भने पुरुषहरुमा फङ्गल संक्रमण, झाडापखाला, रुघा खोकी र स्वांस प्रशवासका रोगका लक्षणहरु देखापरेको बताउनुभयो ।
त्यस्तै रम्पुरा मल्हनिया र मैनाकडेरीका ६०÷६० जना बाढीपीडित परिवारलाई राहत स्वरुप त्रिपाल, म्याट, गम्छा, टर्च लाईट, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेको नसिम अख्तरले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल लौकतान्त्रीक बिद्यार्थी फोरमको केन्द्रीय कार्यालयको सहयोगमा सप्तरीको राजदेबी स्कूलको प्रागनमा बाढीपीडितहरुको लागी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सो स्वास्थ्य शिविरमा सो भेगका राजविराज नगरपालिका डुमरी, शिवथान, झल्ही, फर्सैठ, पडरीया, पकरी, बिरोल लगायतमा संचालन भएको हो ।
बिधार्थी फोरम सप्तरीका अध्यक्ष सत्येन्द्र नारायण यादबको अध्यक्षतामा र प्रमुख अतिथि नेपाल लौकतान्त्रीक बिधार्थी फोरमको केन्द्रीय अध्यक्ष एवं पार्टीको केन्द्रीय सदस्य कपलेश्वर यादब, सप्तरीको कोषाध्यक्ष बिन्दु यादब, लौकतान्त्रिक बिधार्थी फोरमको केन्द्रीय उपाध्यक्ष सुगेन्द्र मंडललगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ