News Category 2074/05/07
सप्तरीका वाढीपीडितलाई दैनिक ७० रुपैयाँ खाद्यान्न खर्च दिने सुरु
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
सरकारले वाढीपीडितलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँका दरले खाद्यान्न खर्च दिने निर्णय गरेपछि अहिले सप्तरीमा सो कार्यको सुरुवात भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा दैवि प्रकोप उद्वार समितिका संयोजक भागिरथ पाण्डेले सोमवार जिल्लाको हनुमानगर कंकालिनी नगरपालिकावाट खाद्यान्न खर्च वापतको रकम वितरण सुरु गर्नुभएको हो ।
उक्त नगरपालिकाको वडा नं. ११ स्थित सखुवा गाउँका नुनुलाल यादव र सागर यादव परिवारका ७ जना लाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनाको एक मुष्ट १४ हजार ७ सय रकम हस्तान्तण गरी खाद्यान्न खर्च वितरणको सुरुवात गरिएको हो ।
दुवै जनाको घर पुर्ण रुपमा क्षती भएको र खाद्यान्न समेत नष्ट भएपछि उनीहरुलाई एकमुष्ट रकम उपलब्ध गराईएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । उहाँले वाढीका कारण घरपुर्ण रुपमा क्षती भई खाद्यान्न संकटमा रहेका सप्तरीका सम्पुर्ण पीडितको तथ्यांक संकलन भईसकेपछि अन्य स्थानमा खर्च वितरणको कार्य अघि वढाईने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ