News Category 2074/05/09
अपाङता भएका व्यक्तिहरुलाई सुत्ने र खाने सामाग्रिसहितको राहत वितरण
दैनिक समाचारदाता राजविराज, ८ भदौ । साउन महिनाको २८ र २९ गते आएको भिषण बाढीका कारण लाखौं व्यक्ति प्रभावित भएका छन् भने हजारौं घरबार विहीन तथा झण्डै डेढ सय व्यक्तिको ज्यान समेत गएको छ । सोही बाढीका कारण सप्तरीमा समेत चार जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घरवारबिहीन भएका छन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई केही हदसम्म कम गर्न विभिन्न संघसंस्थाहरुले अहिले सप्तरी लगायत बाढी प्रभावित जिल्लाहरुमा राहत वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । यसै सन्दर्भमा सप्तरीमा राहत वितरण गर्ने क्रममा बिहीबार धुर्मुस सुन्तली फाउण्डेशनले जिल्लाका बाढी प्रभावित क्षेत्रका ६० जना अपाङ्गता भएका व्यक्तिहरुका लागि खान र सुत्ने सामाग्रिहरुको प्याकेजै बनाएर राहत वितरण गरेको छ । समावेशी अपाङ्ग संघ सप्तरीको आयोजना तथा धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको समावेशी अपाङ्ग संघका अध्यक्ष सतिश चन्द झाले जानकारी दिनुभयो । वितरण गरिएको राहतमा प्रति व्यक्ति सिरक, डस्ना, तन्ना, झुल, त्रिपाल, ब्लायङकेट, चामल ३० किलो, दाल दुई किलो, खानेतेल २ लि., मसाला, एक कार्टुन चाउचाउ, बिस्कुट, दात माझ्ने ब्रस र पेस्ट लगायत छन् । यस्तै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्ेलले विभिन्न जिल्लाका बाढीपीडितहरुलाई राहत वितरण गर्दै आइरहेको भन्दै सप्तरी जिल्लामा भने फरक व्यक्ति अपाङ्गता भएकाहरुलाई सो राहत वितरण गर्न आफू उत्प्रेरित भएकोले सो राहत वितरण गरेको बताउनुभयो । ती राहत जिल्लाको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, को. बसाईन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका स्थानका अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको अध्यक्ष झाले बताउनुभयो । राहत वितरण गरिएका ६० जना मध्ये ६ जना दृष्टिबिहीन, ६ जना बहिरा, ८ जना बौदिक अपाङ अर्थात सुस्त मनोस्थितीका व्यक्ति र ४० जना शारिरीक अपाङ रहेको अध्यक्ष झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ