News Category 2074/05/11
यूवालाई दलीय स्वार्थ त्यागेर एकजुट हुन सुझाव
राजविराज÷जिल्लाको विकासका निम्ति यूवाहरुको भूमिका सहनिय रहेको भन्दै यूवाहरुले अबको दिनमा दलिय स्वार्थ त्यागेर एकजुट भई विकास कार्यलाई अगाडी बढाउन राजविराजमा आयोजित युवा सम्मेलनमा सहभागि वक्ताहरुले सुझाव दिएका छन् ।
दोश्रो सप्तरी जिल्ला यूवा सम्मेलन २०७४ को शनिबार उद्घाटन सत्रमा वक्ताहरुले सम्मेलनको सफलताको कामना गर्दै सो सुझाव दिएका छन् ।
विगत ५० हप्तादेखी सप्तरी यूथको अगुवाईमा जिल्लाभरि सरसफाई अभियानले निरन्तरता पाइरहेको र स्थानियहरु समेतले सो अभियानमा सहयोग गरिरहेकोले यस्ता समाजसुधारका कार्यमा वक्ताहरुले यूवालाई दलिय छाप नपार्न सचेत समेत गराएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयको प्रमुख आतिथ्यमा आयोजित यूवा सम्मेलनमा प्रजिअ पाण्डेयले यूवाहरुले निस्वार्थ भावनाले गरिरहेको कार्यलाई सबैले सहनिय गर्नै पर्ने भन्दै आगामी दिनहरुमा स्थानिय सबै निकायहरुमा यूवाहरुको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यूथ नेपालका संयोजक श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, राजविराज नगरपालिका कार्यकारी अधिकृत उमेश यादव, कंचनरुप नगरपालिका कार्यकारी अधिकृत धिरेन्द्र यादव, गैसस नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकन्द्र यादव, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आस, पत्रकार महासंघका सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, वरिष्ठ पत्रकारद्वय शिवहरि भट्टराई, बैजनाथ झा, नेकपा एमालेकी ममता चौधरी, संघीय समाजवादी फोरमका भिमराज यादव, नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी लगायतले युवा सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सोही सम्मेलनमा युवाको अभिायनमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, विभिन्न संस्थाका प्रमुख तथा संचारकर्मीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।
सम्मेलनमै यूवा सम्मेलन २०७३ को आयव्यय सार्वजनिक गरिएको छ । यूथ नेपालका अर्थ समिति संयोजक विष्णु यादवले २०७३ सालको यूवा सम्मेलनमा ७ लाख ६७ हजार ५ सय १८ रुँपैया आम्दानी भएकोमा ७ लाख ३६ हजार ५ सय ५० खर्च तथा ३० हजार ९ सय ६८ रुापैया बैंकमा मौज्दात रहेको जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लाका तीन सय यूवाहरुको सहभागिता रहेको यूथ नेपालका आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ