News Category 2074/05/11
यूवालाई दलीय स्वार्थ त्यागेर एकजुट हुन सुझाव
राजविराज÷जिल्लाको विकासका निम्ति यूवाहरुको भूमिका सहनिय रहेको भन्दै यूवाहरुले अबको दिनमा दलिय स्वार्थ त्यागेर एकजुट भई विकास कार्यलाई अगाडी बढाउन राजविराजमा आयोजित युवा सम्मेलनमा सहभागि वक्ताहरुले सुझाव दिएका छन् ।
दोश्रो सप्तरी जिल्ला यूवा सम्मेलन २०७४ को शनिबार उद्घाटन सत्रमा वक्ताहरुले सम्मेलनको सफलताको कामना गर्दै सो सुझाव दिएका छन् ।
विगत ५० हप्तादेखी सप्तरी यूथको अगुवाईमा जिल्लाभरि सरसफाई अभियानले निरन्तरता पाइरहेको र स्थानियहरु समेतले सो अभियानमा सहयोग गरिरहेकोले यस्ता समाजसुधारका कार्यमा वक्ताहरुले यूवालाई दलिय छाप नपार्न सचेत समेत गराएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयको प्रमुख आतिथ्यमा आयोजित यूवा सम्मेलनमा प्रजिअ पाण्डेयले यूवाहरुले निस्वार्थ भावनाले गरिरहेको कार्यलाई सबैले सहनिय गर्नै पर्ने भन्दै आगामी दिनहरुमा स्थानिय सबै निकायहरुमा यूवाहरुको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यूथ नेपालका संयोजक श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, राजविराज नगरपालिका कार्यकारी अधिकृत उमेश यादव, कंचनरुप नगरपालिका कार्यकारी अधिकृत धिरेन्द्र यादव, गैसस नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकन्द्र यादव, आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आस, पत्रकार महासंघका सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, वरिष्ठ पत्रकारद्वय शिवहरि भट्टराई, बैजनाथ झा, नेकपा एमालेकी ममता चौधरी, संघीय समाजवादी फोरमका भिमराज यादव, नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी लगायतले युवा सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सोही सम्मेलनमा युवाको अभिायनमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, विभिन्न संस्थाका प्रमुख तथा संचारकर्मीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।
सम्मेलनमै यूवा सम्मेलन २०७३ को आयव्यय सार्वजनिक गरिएको छ । यूथ नेपालका अर्थ समिति संयोजक विष्णु यादवले २०७३ सालको यूवा सम्मेलनमा ७ लाख ६७ हजार ५ सय १८ रुँपैया आम्दानी भएकोमा ७ लाख ३६ हजार ५ सय ५० खर्च तथा ३० हजार ९ सय ६८ रुापैया बैंकमा मौज्दात रहेको जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लाका तीन सय यूवाहरुको सहभागिता रहेको यूथ नेपालका आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ