News Category 2074/05/12
चुनावको मुखमा पार्टी प्रवेश गर्नेहरुको ओइरो
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
प्रदेश नं. २ मा हुन लागेको स्थानिय तहको निर्वाचनको मुखमा सप्तरीमा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको छ ।
श्रोतका अनुसार पुराना पार्टीबाट निर्वाचनका लागि टिकट नपाउने निश्चित भएपछि पार्टी परित्याग गरि टिकट दिने सुनिश्चितता भएको पार्टीमा प्रवेश गर्नेहरुको अहिले ओइरो लागेको हो ।
आउँदो असोज २ गते २ नं. प्रदेशमा तेश्रो चरण अन्तरगत स्थानिय तहको निर्वाचन हुँदैछ । सो निर्वाचन आउन करिब तीन साता बाँकी रहँदा र राजनैतिक दलहरुले धमाधम टिकट बाड्ने काम गरिरहेकोले असन्तुष्ट भएकाहरु धमाधम पार्टी परित्याग गर्दै टिकट दिने अनुकुल पार्टीमा प्रवेश गर्दैछन् । यता पार्टीमा प्रवेश गर्नेहरु मध्ये केही समाजसेवी त कोही शैक्षिक क्षेत्रमा लागेका व्यक्तिहरु समेत छन् ।
नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी अहिले धमाधाम विभिन्न पार्टीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिँदै आ–आफनो उम्मेदवार छनौट गरिरहेका छन् ।
यसैबीच सप्तरीकै बेल्ही चपेना गाउँपालिकामा एक समारोह विच नेपाली काग्रेसका जिल्ला कमिटी सदस्य ओम प्रकाश मण्डल, हेम नारायण साह, दयाराम यादव, परशुराम यादव, सुमन मंडल, शिश नारायण मण्डल, संघिय समाजवादी फोरम नेपालका रामचलित्तर यादव, वौकु मुखिया लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यसअघि शनिबार मात्र एनप्याव्सन सप्तरीका अध्यक्ष बौकु साह, केषाध्यक्ष नरेन्द्र प्रसाद देव लगायत करिब एक दर्जन व्यक्तिहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यस्तै रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सेवानिवृत लेखापाल शिबनन्दन यादव सहितकाहरु राजपा नेपालमा प्रवेश गरेका छन् ।
यस्तै जिल्लाको अग्नीसाईर कृष्णा सवरण गाउपालिका वडा नम्बर ५ बकधुवाका सचिब सहित बिभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन । फोरममा एमाले, कांग्रेस, माओबादी केन्द्रि परित्याग गरी प्रबेश गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ