News Category 2074/05/12
भलुवाही बस्तीका बाढीपीडितलाई रु. ७० को दरले रकम वितरण
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
सरकारले वाढीपीडितलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँका दरले खाद्यान्न खर्च दिने निर्णय गरेपछि आइतबार राजबिराज २ भलुवाही बस्तीका बाढीपीडितलाई वितरण गरिएको छ । गत साउन २८ गते आएको बाढीले सो बस्तीका दर्जनौं परिवारको घर डुबानमा परेपछि ती बाढीपीडितहरु बिच्चलीमा परेको थिए ।
बाढीले घर बगाएका र घरबिहीन भएका परिवारलाई राहत स्वरूप रकम प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बितरण गर्नुभयो ।
यसअघि प्रजिअ पाण्डेले गत सोमवार जिल्लाको हनुमानगर कंकालिनी नगरपालिकावाट खाद्यान्न खर्च वापतको रकम वितरण सुरु गर्नुभएको थियो ।
उक्त नगरपालिकाको वडा नं. ११ स्थित सखुवा गाउँका नुनुलाल यादव र सागर यादव परिवारका ७ जना लाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनाको एक मुष्ट १४ हजार ७ सय रकम हस्तान्तण गरी खाद्यान्न खर्च वितरणको सुरुवात गरिएको थियो ।
दुवै जनाको घर पुर्ण रुपमा क्षती भएको र खाद्यान्न समेत नष्ट भएपछि उनीहरुलाई एकमुष्ट रकम उपलब्ध गराईएको हो ।
उहाँले वाढीका कारण घरपुर्ण रुपमा क्षती भई खाद्यान्न संकटमा रहेका सप्तरीका सम्पुर्ण पीडितको तथ्यांक संकलन भईसकेपछि अन्य स्थानमा समेत खर्च वितरणको कार्य अघि वढाईने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ