News Category 2074/05/13
भदौं १५ देखी १८ वटै स्थानिय तहमा पुनः मतदाता शिक्षा संचालन हुने
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
निर्वाचन आयोगले राजविराजमा सोमबार निर्वाचन र संचार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजान गरेको छ ।
सो अन्तरक्रियामा मतदाता शिक्षा तालिम प्रमुख एवं निर्वाचन आयोगका उपसचिव सुर्य प्रसाद आर्यालले असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा भईसकेको तथा प्रदेश न. २ का सबै जिल्लाहरुमा ६७ प्रकारका निर्वाचनका सामग्रीहरु पुगिसकेको बताउनुभएको छ ।
सो निर्वाचनका लागि २ नं. प्रदेश अन्तर्गत सप्तरीमा २ सय ९२ जना स्वयंसेवक परिचालन हुने जानकारी दिनुहुँदै उहाँले जिल्लाका १८ वटा स्थानीय तहका लागि १ सय ६३ वडाका लागि ४ सय ६१ मतदान केन्द्र, २ सय ९२ मतदान स्थलमा ९ सय ६८ मतदान अधिकृत तथा सहायक अधिकृत खटिने जानकारी दिनुभयो ।
उहाँले सप्तरीमा प्रयोग हुने मतपत्रमा ६८ वटा चुनाव चिन्ह रहने जानकारी समेत दिनुभयो ।
त्यस्तै निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेश कुमार ठाकुरले असोज २ गते हुने स्थानीय तहको लागि भदौं १५ गतेदेखि असोज १ गतेसम्म पुनः मतदाता शिक्षा कार्यक्रम संचालन हुने जानकारी दिनुभयो ।
स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा १ लाख ७० हजार ७ सय ५५ पुरुष, १ लाख ६० हजार ६ सय ८६ महिला र २१ जना तेश्रो लिङ्गी गरि ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता रहेको निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, जिल्ला प्रहरी कार्यालयका एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरीका एसपी रामाधर यादव, युएनडिपीका प्रतिनिधि उषा कोईराला लगायतकाहरुको उपस्थिति रहेको थियो भने जिल्लाका विभिन्न संचारमाध्यमका तीन दर्जन संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच कार्यक्रममा पश्चात् नमुना मतपत्र (ब्यालेड पेपर)मा छाप राखेर संचारकर्मीहरुलाई अभ्यास समेत गराइएको थियो ।
जिल्लामा खड्क नगरपालिका, सुरुङ्गा नगरपालिका, कंकालिनी हनुमाननगर नगरपालिका, सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बोदेबरसाइन नगरपालिका र डाक्नेश्वरी नगरपालिका कायम रहेका छन् ।
यस्तै गाउँपालिमा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिका कायम भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ