News Category 2074/05/13
बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी गर्भवती महिला सर्पको टोकाइबाट गम्भिर
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
साउन २८ गतेको आएको बाढीबाट प्रभावित गाबिसहरुमा विषालु सर्पको बिगबिगी बढेको छ ।
बाढीपछि जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा लगायतका दर्जनौ गाबिसहरुमा विषालु सर्पको निकै बृद्धि भएको हो ।
त्यस्तै बाढी प्रभाबित क्षेत्रमा अहिले झाडापखाला, निमोनिया, टाईफाईड, रुघाखोकीका साथै सर्प टोक्ने बिरामीहरुको समेत बृद्धि भएपछि सो क्षेत्रका स्थानीयबासीहरु त्रसित बनेका छन ।
पछिल्लो पटक सर्पको टोकाईटबाट जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका गर्भवति महिला लुदिया देवी सदालाई विषालु सर्पले टोक्दा उनी गम्भिर घाईते भएको पीडितका परिवारजनले बताएका छन ।
सर्पको टोकाईबाट सख्त घाईते उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पातलमा उपचार भईरहेको छ ।
त्यस्तै तिलाठी ६ का कालेश्वर झालाई पनि विषालु सर्पले टोक्दा उहाँ सख्त घाईते भएको परिवारजनले बताएका छन । त्यसअघि बिषालु सर्पको टोकाईबाट सप्तरीका बाढीपीडित सकरपुराका एक किशोरीको मृत्यु समेत भईसकेका छ भने सर्पकै टोकाईबाट अहिलेसम्म झण्डै तीन दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भईसकेको प्रहरीले जनाएको छ ।
खासगरी बाढी पश्चात सो क्षेत्रमा विषालु सर्पको बिगबिगी बडेपछि अहिले सो क्षेत्रका सर्वसाधारणहरु क्रसित भई सर्पको टोकाईबाट जोगिन रात्ति जाग्राम बस्नुका साथै रातिको समयमा घर बाहिर समेत निस्किन छोडिसकेको बाढीपीडितहरुको कथन छ ।
यता पछिल्लो पटक विषालु सर्पको टोकाईबाट दिनहुँ गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा दर्जनौं बिरामीहरु भर्ना हुने गरेको अस्पताल श्रोतले जनाएको छ । पछिल्लो डेढ सातादेखि सबैभन्दा बढी सर्प टोकेका बिरामीहरु आएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ