News Category 2074/05/13

७० रूपैयाका दरले एक महिनाको दरले ७७ हजार ७ सय रुपैयाँ वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ भदौं । 
बाढीबाट सबैभन्दा बढी प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
असार १७ पहिलो र साउन २८ गते आएको दोश्रो पटकको बाढीले जिल्लाकै सबैभन्दा बढी घरवार बिस्थापित भएका तिरहुत गाउँपालिका वडा न. २ मैनाकडेरीका बाढीपीडित परिवारलाई नेपाल सरकारले प्रदान गर्दै आएको खाना वापतको रकम वितरण गरिएको हो । 
मैनाकडेरीका बाढीबाट बिस्थापित भएका परिवारलाई दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मैनाकडेरीका ११ परिवारका ३७ जनालाई ७० रूपैयाका दरले एक महिनाको दरले ७७ हजार ७ सय रुपैयाँ वितरण गर्नुभयो ।
त्यस्तै यसअघि सप्तरीको राजबिराज नगरपालिका २ का ६ परिवारका २६ जनालाई एक महिनाको ५४ हजार ६ सय बितरण गरेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट