News Category 2074/05/17
अधिकांश पार्टीले अझैं उम्मेदवार टुंगो लगाउन सकेन्
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानिय तहको निर्वाचनका लागि अहिले सिंगो २ नं. प्रदेश अन्तरगतमा ८ वटै जिल्लामा चुनावी माहौल तातेको छ ।
चुनावी महौलसँग सँगै अहिले ८ वटै जिल्लाका राजनीतिक दलहरु चुनावी प्रचार प्रसार गर्दै मतदातासँग घरदौलो कार्यक्रम गर्दै डिहेका छन् ।
भदौं २१ गते उम्मेदवारी दर्ता गर्ने मिति भएपनि अहिलेसम्म अधिकांश दलहरुलाई आफ्नो उम्मेदवारको टुंगो लगाउन हम्मे हम्मे परेको छ ।
यता सप्तरी जिल्लामा नेकपा एमालेले आफ्नो उम्मेदवारको घोषणा गर्ने पहिलो पार्टी बनेको छ भने दोश्रोमा संघीय समाजवादी फोरम नेपाल रहेको छ । यद्दपी यी दुबै पार्टी मध्ये फोरम नेपालले जिल्लाको तीन स्थानीय तहमा अझ उम्मेदवारी टुंगो लगाउन सकेको छैन् ।
यता लामो समयदेखी आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागि भएपनि पनि कुनै स्थानिय तहमा उम्मेदवारी टुंगो लगाउन सकेको छनै् । राजपाले उठाउँदै आएको संविधान संशोधनको माँग संसदबाट फेल भएपश्चात् निर्वाचनमा सहभागि भएको हो ।
यस्तै सरकारमा सहभागी रहेको नेपाली काँग्रेस र माओवादी केन्द्र समेतले हालसम्म जिल्लाको कुनै स्थानिय तहमा आफ्नो उम्मेदवारहरुको टुंगो लगाउन सकेको देखिदैन् । मुलुककै पुरानो पार्टी नेपाली काँग्रेसले समेत उम्मेदवारहरुको टुंगो लगाउन नसक्दा अरु दलहरुले पनि काँग्रेसकै उम्मेदवारहरुको पखाईमा रहेको श्रोतले जनाएको छ ।
उम्मेदवार छनौट प्रक्रियामा कार्यकर्तालाई गुमाउने डरले समेत अधिकांश राजनीतिक दल अहिलेसम्म पनि आफ्नो उम्मेदवार को भन्ने मुख खोल्न मान्दैनन् ।
त्यसैगरी, मधेशमा केवल राजपाले जित्ने र अरू सबै बढारिने हठबाजी गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालभित्र उम्मेदवार छनौटमा झन् बढी अन्यौलता देखिएको छ ।
यता आम मतदाता दलको किचलोका कारण कसलाई, कुन पार्टीको कुन छापमा मतदान गर्नेबारे अझै खुल्न नसकेको र निक्कै अलमलमा रहेका छन् । स्थानीय तहको चुनावी चर्चाले दैनिक जिल्लाको प्रत्येक गाउँ ठाउँमा नयाँ कुरा सुन्न पाएपनि कुनै पनि स्थानमा कुनै एक व्यक्तिले जित्ने वा टिकट पाउने समेत निश्चित कुरा सुन्न नपाइएको आम जनता बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ