News Category 2074/05/17
राजपाद्वारा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति आपत्ति
दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
भदौं १४ गते निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा बुझाईएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा राष्ट्रिय जनता पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बिहिबार एक विज्ञप्ती प्रकाशन गरी आयोगले निर्धारण गरेको कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये मधेशको २० जिल्ला जहाँ २०६८ सालको गनणना अनुसार ५१ प्रतिशत जनसंख्या रहेको छ, तर त्यहाँ जम्मा ७८ वटा क्षेत्र मात्रै छुटयाईएको तथा प्रतिनिधित्वको हिसावले यो जम्मा ४७.२७ प्रतिशत हो ।
जारी विज्ञप्तीमा यसअघि २४० निर्वाचन क्षेत्र हुँदा २०५८ को जनगणना अनुसार मधेशमा ४८.४ प्रतिशत थियो, जसअनुसार ११६ वटा निर्वाचन क्षेत्र मधेशको २० जिल्लामा निर्धारण गरीएको थियो, जुन कि कुल सिट संख्याको ४८.३३ प्रतिशत रहेको तथा हाल निर्धारण गरीएको क्षेत्र अनुसार मधेशमा ५ वटा निर्वाचन क्षेत्र घटाउने कार्य भएको उल्लेख गरीएको छ ।
त्यस्तै मधेश र मधेशीको अधिकार कटौती मात्रै नभई फेरी पनि विभेदलाई निरन्तरता दिने कार्य भएकोले आयोगद्धारा प्रमुख ३ दलको दबावमा जातिय, सामुदायिक कलस्टर बिगारेर आ आफनो अनुकुल हुने गरी बदनियतपुर्ण तरीकाले दलिय भागबण्डाको आधारमा प्रमुख तिन दलकै बर्चश्यको गन्ध आउने गरी अव्यवहारिक, अवैज्ञानिक र अभौगोलिक तरीकाले निर्वाचन क्षेत्र निर्धारण गरीएको कार्यप्रति राजपा नेपालले घोर भत्सर्ना गरेको छ ।
साथै मधेशको प्रतिनिधित्व घटाउने र सत्ता शक्तिको बलमा आ आफनो अनुकुल हुने गरी निर्वाचन क्षेत्र निर्धारण गराउने षडयन्त्रपुर्ण कार्यको राजपा नेपालले विरोध गर्दै सो विषयमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ