News Category 2074/05/19
आचारसहिंता कुनै पनि हालतमा फिर्ता हुदैन् ः आयुक्त शाह
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
निर्वाचन आयोगका आयुक्त सुधिर कुमार शाहले आउँदो मंसिर महिनामा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि लगाइएको निर्वाचन आचारसहिंता कुनै पनि हालतमा फिर्ता नहुने बताउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आईतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकोले लागु गरिएको निर्वाचन आचारसहिंता अब फिर्ता नहुने दाबी गर्नुभयो ।
आचारसहिंता लगाइएको सम्बन्धमा सरकारमा रहेका दलहरुबाटै असन्तुष्टि व्यक्त भइरहेको बेलामा उहाँँले सो कुरा प्रष्ट पार्नुभएको हो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वाातावरणमा सम्पन्न गराउनका लागि निर्वाचनमा सुरक्षाको व्यवस्था मिलाउनु सरकारको दायित्व रहेकाले सरकारले पनि चुनावलाई मध्यनजर गरी उच्च सुरक्षा सतकर्ता अपनाउने कार्यमा लागिपरेको बताउनुभयो ।
आयुक्त शाहले आचारसहिंता उल्लघन गर्नेहरुका लागि जिल्ला अदालतका न्यायधिशको नेतृत्वमा एक टोली गठन गरिने तथा सो टोलीको प्रतिवेदनको आधारमा त्यस्ता उम्मेदवारहरुलाई आवश्यक कार्बाही प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभयो ।
उहाँले अगामी असोज २ गते हुन लागेको प्रदेश न. २ मा स्थानीय तहको निर्वाचनका लागि निर्वाचनको बेलामा राजनीतिक दलहरुको प्रतिस्पर्धाका कारणले मुठभेद हुन सक्ने अवस्था समेत आउन सक्ने भएकाले त्यसलाई मध्य नजर गरी सप्तरी सहितका जिल्लाहरुमा उच्च सुरक्षा सतकर्ता अपनाउने जानकारी दिनुभयो ।
उहाँले आचारसहिंता विपरीत कुनै पनि उम्मेदवारले बढी रकम खर्च गरेको प्रमाण सहित फेला परेको खण्डमा कानुनी कार्बाही हुने प्रतिवद्धता समेत जनाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ