News Category 2074/05/21
आज उम्मेदवारी दर्ता हुँदै, निर्वाचनका लागि जिल्लामा ६ हजार बढी सुरक्षाकर्मी परिचालन
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
असोज २ गतेका लागि तोकिएको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको छ ।
उम्मेदवारी दर्तार्का लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । त्यस्तै उम्मेदवारहरुले भदौं २४ गते निर्वाचन चिन्ह प्राप्त गर्ने जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाको १८ वटै स्थानिय तहमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरु खटिसकेका छन् ।
ती १८ वटै स्थानिय तहका लागि ४ सय ६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।
जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १ सय ६५ वडाहरु रहेका छन् । सम्पूर्ण स्थानिय तहका लागि उम्मेदवार मनोनय दर्ता सम्बन्धीत स्थानमै हुने उहाँले बताउनुभयो ।
जिल्लामा मतदाता संख्या ३ लाख ३१ हजार ७९ रहेको छ । जसमा १ लाख ७० हजार ८ सय ८८ पुरुष र १ लाख ६० हजार ७ सय ७० महिला तथा २१जना तेश्रोलिंगी मतदाता रहेका छन् ।
जिल्लामा ४ सय ६२ मतदान केन्द्र र २ सय ९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २ सय २४ अतिसंवेदनशिल र २ सय ३८ संवेदनशिल मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै २ सय ९५ मतदान स्थल मध्ये २०७ अतिसंवेदनशिल र ८८ मतदान स्थल संवेदनशिल रहेको प्रहरी प्रमुख सिंहले बताउनुभयो ।
प्रहरी प्रमुख सिंहका अनुसार निर्वाचन अवधीभर जिल्लामा ४ हजार भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको छ भने परिस्थित अनुसार आवश्यक परे थप प्रहरी छिमेकी जिल्लामा तयारी अवस्थामा रहेका छन् ।
यसैगरि जिल्लामा २ हजार भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रामाधार यादवले जानकारी दिनुभयो ।
प्रत्येक नगरपालिकाको मतदान केन्द्रहरुमा प्रहरी नायव उपरिक्षक (डिएसपी) को नेतृत्वमा ७÷७ जना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरिक्षकको नेतृत्वमा ५÷५ जना सशस्त्र प्रहरीलाई खटाइएको उहाँले बताउनुभयो ।
यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि तीन घेरा बनाएर सुरक्षा दिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ