News Category 2074/06/03
सप्तरीमा ७६.४२ प्रतिशत मतदान ः निर्वाचन कार्यालय सप्तरी
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीमा रहेको ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानिय तह सोमबार निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भएको छ ।
ती स्थानिय तहहरुमा रहेको १ सय ६४ वडामध्ये १ सय ६३ वटा वडामा सोमवार मतदान शािन्तपुर्ण रुपले सम्पन्न भएको हो ।
सम्पन्न निर्वाचनमा कुल मतदाताको ७६.४२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यता मतदान सम्पन्न भएपछि मतपेटिकाहरु सोमबार राती नै सम्बन्धीत स्थानिय तहका केन्द्रहरुमा लगिएको छ भने सर्वदलिय बैठकपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभएको छ ।
यसैबीच राजविराज नगरपालिका वडा नम्वर १५ मा राष्ट्रिय जनता पार्टीका तर्फवाट वडाध्यक्ष पदका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सो वडाको निर्वाचन स्थगित गरी असोज ५ गतेका लागि सारिएको छ ।
जिल्लामा १ लाख ७० हजार ८ सय ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ तेश्रोलिङ्ग गरी कुल ३ लाख ३१ हजार ७९ जना मतदाता छन् ।
यस्तै मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ८ सय ५६ पदका लागि ५ हजार ६ सय ८३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सप्तरीमा २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र मार्फत मतदान भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ