News Category 2074/06/05
प्रारम्भिक निर्वाचनको परिणााम शहरी क्षेत्रमा मधेशवादीको पकड हुने
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
प्रदेश न. २ मा सम्पन्न तेश्रो चरणको स्थानीय तहको निर्वाचन प्रारम्भिक मतगणनाले राष्ट्रिय जनता पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल शहरी तथा राजनीतिक चेतना भएको बजार क्षेत्रमा आप्mनो प्रभाव जमाउन सफल हुने देखिएको छ ।
दुई नम्बर क्षेत्रको एक मात्र महानगर बिरगंज महानगरपालिकामा राजपा नेपाल र नेपाली काग्रेस बिच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तर, सो महानगरपालिकामा मधेशवादी दलको मतदाता दुई तिहाई रहेको पछिल्ला मतगणनाहरुले देखाईरहेको छ ।
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले नेपाली काग्रेसलाई निकै पछाडी धकेलेको छ भने एमालेलाई जमानत जोगाउन पनि धोधौ परिरहेको छ ।
त्यसैगरी कलैया उपमहानगरपालिकामा संघिय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । मधेश आन्दोलनको केन्द्र राजविराजमा आजदेखि मात्र मतगणना हुनेछ र राजपा र संघिय समाजवादी फोरम नेपालबिच प्रतिस्पर्धा हुने एक आकंलन छ ।
लहान नगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले र काग्रेसबिच तिव्र प्रतिस्पर्धा भईरहेको छ । लहानमा संघिय समाजवादी फोरम नेपालको गलत निर्णय र जातियताका कारणले एमाले अगाडी देखिन्छ भने जितपुर सिमरा उपमहानगरपालिका पहाडे बाहुल्य क्षेत्र हुने गरी गरिएको क्षेत्र निर्धारणले प्रमुख तिन पार्टीबिच नैं प्रतिस्पर्धा रहेको छ ।
रौतहटको गौर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको मलङ्गवा नगरपालिका, सिरहाको सिरहा नगरपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा समेत मधेशवादी दलहरुबिच नै प्रतिस्पर्धा रहेको छ । यसले शहरी तथा राजनीतिक चेतना भएका क्षेत्रमा मधेशवादी दल प्रतिस्पर्धामा छन भने ग्रामिण तथा देहातमा नेपाली काग्रेस र एमालेले आ–आप्mनो पकड जमाउने देखिन्छ ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी जनताले संविधान नबुझेको उनीहरु अशिक्षित छन् भन्ने गरेको उक्त निर्वाचन परिणामले पनि पुष्टि गर्दै गएको छ । मधेशका ग्रामिण क्षेत्रमा मसल, मनि र मदिरा (तिन म) को पार्टीहरुले खुबै उपयोग्य गरेको मत परिणामहरुले देखाएको छ ।
त्यसैले मधेशका एजेन्डाहरु प्रमुख तिन पार्टीले संस्थागत गर्न छाटकाट देखाएका छैन । किनकि प्रमुख पार्टीहरु विश्वस्त छन मधेशी जनता पावर र पैसाको पछि जहिले पनि ज्यु ज्यान फालेर लाग्ने गरेका छन ।
तसर्थ मधेशवादी पार्टीहरुले राजनितिक प्रशिक्षणका साथै मधेशी जनताको शैक्षिक र सामाजिक स्तरमा परिवर्तनका लागि प्रयास नगरुन्जेलसम्म यहाँको राजनीतिले कोल्टो फेर्ने छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ