News Category 2074/06/09
छतिस घण्टापछि राजविराजको मतगणना कडा सुरक्षाका बीच सूचारु
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
राजविराज नगरपालिकाको मतगणना ३६ घण्टापछि आइतबारदेखी पुनःसूचारु भएको छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिमा राजविराज नगरपालिकाको मतगणना कडा सुरक्षाकाबीच पुनः सूचारु भएको छ ।
मतगणना स्थलमा पार्टी प्रतिनिधीहरुले प्रवेश गर्ने वित्तिकै मापसे तथा शरीर चेक जाँज गराएर मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको मुख्य जिल्ला निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यता मतगणना स्थलमा प्रवेश गर्नेहरुलाई मोवाइल, क्यामरा लगायत उपकरणहरु प्रवेश निषेध समेत गरिएको उहाँले बताउनुभयो ।
यस्तै उहाँले हरेक पार्टीका दुई जना प्रतिनिधीहरु मात्र एउटा वडाको मतगणना स्थलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
राजविराज नगरपालिकामा रहेको १६ वटा वडाको मतगणनाका लागि एकै पटक चार वटा वडाको गणना गर्ने व्यवस्था समेत मिलाइएको छ । मतगणना स्थल वरिपरी व्यापक सूरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
यसअघि मतगणना गरिएको मतपत्र भन्दा कम मत मेयर पदमा आएपछि राजनीतिक दलका प्रतिनिधीहरुले मतपत्र लुकाएको आरोप लगाउँदै पुनः मतगणनाको माँग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ