News Category 2074/06/09
अठार मध्ये १७ स्थानिय तहको मतगणना सम्पन्न. कांग्रेस र फोरम पाँच÷पाँच, राजपा चार, एमाले दुई र नयाँ शक्ति एक स्थानमा विजयी
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
सप्तरीको १८ मध्ये १७ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपाल पाँच÷पाँच स्थानमा बिजयी भएका छन् भने राजपा नेपाल चार, एमाले दुई र नयाँ शक्तिले एक स्थानमा निर्वाचित भएका छन् ।
सप्तरीमा काँग्रेसले शम्भुनाथ र सुरुङ्गा नगरपालिकासहित विष्णुपुर, अग्निसाइर कृष्णासवरण, बेल्ही चपेना गाउँपालिका गरि पाँच स्थानीय तहमा जित हासिल गरेको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालले बोदेबसाईन, खडक नगरपालिकासहित वलान बिहुल, महदेवा र तिरहुत गाउँपालिका गरि पाँच स्थानमा जित हासिल गरेको छ ।
यसैगरि राजपाले जिल्लाको डाक्नेश्वरी, हनुमाननगर नगरपालिकासहित रुपनी र तिलाठी कोइलाडी गाउँपालिकागरि चार स्थानीय तहमा बिजयी भएको छ ।
त्यसैगरि एमालेले जिल्लाको सप्तकोशी र कंचनरुप नगरपालिकामा आफ्नो वर्चस्व कायम गरेको छ भने नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा जित हासिल गरेको छ ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार काँग्रेसले शम्भुनाथ नगरपालिकामा बिजयी हात पारेको छ । काँग्रेसका योगेन्द्र प्रसाद चौधरीले मेयरमा २७७८ तथा सोही पार्टीकी कबिता कुमारी चौधरीले उपमेयरले २६०५ मत ल्याई बिजयी भएका छन् ।
यस्तै कंचनरुप नगरपालिकामा मेयरमा एमालेका बसन्त मिश्रले ५०४२ मत तथा उपमेयरमा काँग्रेसकी निरु पोखरेललले ४७५८ मतप्राप्त गरि बिजयी भएका छन् । यसअघि एमालेले सप्तकोशी नगरपालिका पनि आफ्नो पक्षमा पारिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ