News Category 2074/06/10
ओपिडी सेवा ठप्प हुँदा सयौं बिरामीहरु बिचल्लीमा
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयकको बिरोधमा सप्तरी सहित मुलुकभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा हजारौ बिरामीहरुलाई समस्या खेप्नुपरीरहेको छ ।
डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयक बनाउने सरकारको तयारीको विरोधमा रहेको नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द हुँदा हजारौं बिरामीहरु जिवन मरणको दोधारमा रहेको गुनासो बिरामीहरुको रहेको छ ।
विगत चारदिनदेखि सप्तरीको एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको ओपिडी सेवा ठप्प हुँदा सप्तरी सहित छिमेकी भारतको विभिन्न स्थानका हजारौ बिरामीहरु उपचारको लागि भौतारिरहेका छन ।
विगत तिन दिनदेखि असख्त बिरामी रहेका सप्तरीको साबिक बरही बिरपुर ७ का वौवालाल यादव उपचारको लागि सोमबार दिनभरी अस्पताल तथा निजि क्लिनिकहरुमा समेत भौतारिए पनि उपचार गर्न नपाउँदा बिचल्लीमा परेको गुनासो गर्नुभयो ।
उहाँ जस्तै अहिले सप्तरीका मात्र दिनहुँ सयौं बिरामीहरु उपचारको लागि अंचल अस्पतालमा धाएपनि उपचार बिना नै घर फर्किनु पर्ने अवस्था रहेका छन ।
यता डाक्टरहरुको आन्दोलनले विरामी मर्कामा परेको भन्दै सोमबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले चिकित्सकको मागमा सरकार सकारात्मक रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्किएपछि निर्णय फिर्ता हुन सक्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
तर मन्त्रीपरिषदको बैठकले औपचारिकता मात्रै निभाउन खोजेको र माग पूरा नगर्ने खेलमा लागेको भन्दै आन्दोलन फिर्ता नलिने चिकित्सक संघले जनाएको छ । संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न उर्दी जारी गरेको छ ।
संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा आन्दोलनमा सहभागी हुनु संघले भनेको छ । आफूहरुको आन्दोलनबाट उत्पन्न हुने सक्ने जुनसुकै परिस्थितिको जिम्मा नेपाल सरकारको नै रहेको पनि चिकित्सक संघले दावी गरेका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ