News Category 2074/06/18
सम्पूर्ण कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन आव्हान एमाले, माअोवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकिकरणका लागि ६ बुँदे सहमति
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
तीन पार्टीबीच एकिकरणका लागि मंगलबार ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरि सो सहमति पत्र सार्वजनिक गरिएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यले हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने जनाइएको छ ।
उक्त समितिमा नेकपा एमालेको तर्फबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना र नयाँ शक्ति पार्टीका तर्फबाट एक जना नेताहरु रहने सहमति पत्रमा उल्लेख छ । त्यस्तै पार्टी एकता र संगठनात्मक एकताको बिस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने सहमति हुन बाँकी विषयहरुमा आपसी छलफलद्वारा सहमति कायम गरिने उल्लेख छ ।
त्यस्तै एकीकृत पार्टीको नीति कार्यक्रमको घोषणा र विधान तयार गर्न तीन वटै पार्टीका प्रतिनिधिहरु सम्मिलित दस्ताबेज मस्यौदा समिति गठन गर्ने, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकतासम्पन्न गर्ने सहमति भएको छ ।
पार्टी एकीकरणको बैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आ–आफ्नो विचार व्यक्त गर्न स्वास्थ वहस गर्न सकिने तर पार्टी एकीकरणको आधारमा सुदृढ बनाउन एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति भएको छ । त्यस्तै छरिएर रहेका सबै कम्युनिष्ट तथा बामपन्थी पार्टी तथा समूहहरुलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने उल्लेख छ ।
आगामी मंसिर महिनामा हुने प्रतिनिधीसभा र प्रदेशसभाका प्रत्यक्ष तर्फका निर्वाचनहरुमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी एमालेका ६० प्रतिशत र नेकपा माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरि आपसी तालमेल गर्ने सहमति समेत भएको छ ।
त्यस्तै निर्वाचनमा साझा घोषणा पत्रका आधारमा सहभागि हुने र त्यसका लागि तीनै पार्टीका प्रतिनिधिहरु सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गर्ने तथा प्रदेश तहमा पनि संयुक्त घोषणा पत्र तयार गर्न सकिने सहमति पत्रमा उल्लेख छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशिल तथा देशभक्त शक्तिहरुलाई सहमतिपत्र मार्फत आव्हान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ