News Category 2074/06/19
मेयरको आश्वासनपछि आन्दोलनमा उत्रेका विद्यार्थीको अनसन केही घण्टामै स्थगित
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले बुधबारबाट राजविराजमा सुरु गरेको आन्दोलन केही घण्टामै स्थगित भएको छ ।
राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु कुमार यादवले जायज माँगलाई दुई दिन भित्र सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबार साँझ आन्दोलन स्थगित गरिएको हो ।
राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका थिए । बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताउनुभयो ।
आफूहरूले पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम गरेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर बुधबार पुनः अनशनमा बसेको उहाँले बताउनुभयो । सयाँैको संख्यामा रहेका बाल क्लबका बालबालिका तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित अनशन शुरु गरेका गरेका छन् । आफूहरूको मागप्रति ध्यान नदिए कडा आन्दोलनसमेत गर्ने उनीहरूले चेतावनी दिएका छन् । यसअघि पनि गत असारमा बाल क्लबले चार दिन रिले अनशन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ