News Category 2074/06/21
नवनिर्वाचित पदाधिकरीद्वारा पदभार ग्रहण
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
राजविराज नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रममा पदस्थापना गराइएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधी लगायतले नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई बधाई दिँदै नगरको विकासलाई प्रथमिकता दिन आग्रह गरे ।
सो अवसरमा नवनिर्वाचित प्रमुख शम्भु यादवले नगरवासीले विकास खोजेको भन्दै उनीहरुको अपेक्षा तथा विश्वासलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै उपप्रमुख साधना झाले नगर विकासको दृष्टिकोणले धेरै पछाडी परेको भन्दै सबैको सल्लाह र सहयोगका साथ अघि बढ्ने र राजविराजलाई नमूना नगर बनाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि न्यायाधिश नरुल्लाह अंसारीले शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएर निवास निर्माणमा जुट्न सुझाव दिँदै सफल कार्यकालको शुभकामना दिए ।
सो कार्यक्रममा राजविराज नगरपालिकाका १६ वटै वडाका नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले पनि सपथ तथा पदभार ग्रहण गरेका छन् । राजविराज नगरका प्रमुख र उपप्रमुखसहित १६ वटा वडाबाट ८२ जना प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
कार्यक्रममा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, उद्योग बाणिज्य संघका शंकर दास, नागरिक समाजका थानसिंह भंसाली, नागरिक संजालका सुखराम यादव, पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा, निर्माण व्यवसयी संघका रामअशिष साह, गैरसरकारी संस्थाका अध्यक्ष शम्भुनन्द चौधरी, नगरपालिका कर्मचारी एशोसिएशनका उमेश प्रसाद यादवका साथै विभिन्न दलका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
त्यसैगरी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव सहितकाहरुले शुक्रबारदेखि पदभार ग्रहण गर्नुभएको छ ।
झण्डै २० वर्षपछि सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित नव पदाधिकारीहरुले शुक्रबार कार्यक्रमबिच पदभार ग्रहण गर्दै आ–आप्mनो जिम्मेवारीमा लाग्नुभएको हो ।
पदभार ग्रहण पश्चात गाउँपालिका परिसरमा बृक्षारोपण समेत गरीएको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।
त्यस्तै तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहरखेर र उपाध्यक्ष तिर्थमाया मण्डल समेतले शुक्रबारै पदभार ग्रहण गरर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ