News Category 2074/06/24
हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै रााष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री समक्ष सोमबार ज्ञापनपत्र बुझाएका छन ।
राप्रपाका जिल्ला अध्यक्ष आकाश यादवको नेतृत्वमा निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक कोइरालामार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका हुन ।
बुझाईएको ज्ञापन पत्रमा नेपालको संविधान २०७२ जारी भएको २ वर्ष पुरा भएपनि नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेको भन्दै नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने माँग गरीएको छ ।
त्यस्तै हिन्दु राष्ट्र स्थापनाको लाािग राप्रपाले सदन र सडकसम्म समेत आन्दोलन गर्नुका साथै हिन्दु राष्ट्र कायम गर्न रााप्रपाले संसदमा संविधान संशोधन बिधेयक समेत दर्ता गरी त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलहरुले कुनै पनि चासो नदेखाएको धर्मनिरपेक्षताको आाडमा हालपनि योजनावद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जनाा गरेर लाखौं नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
यसैगरी एकारित नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको छ भने अर्कोतिर सदियौंदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्धन्द्ध बढने सम्भावना लेखिएकाले सो वास्तविकतालाई दृष्टिगत गरी नेपाललाई हिन्दु राष्ट स्थापना गर्नुपर्ने माँग गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ