News Category 2074/06/24
निर्माण व्यवसायीका केन्द्रिय अध्यक्षको हत्याको भत्र्सना, दोषिलाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
निर्माण व्यवसायी संघ सप्तरीले नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष एवं डाँफे कन्स्ट्रक्सनका प्रोपराइटर शरद गौचनको हत्याको भत्र्सना गर्दै दोषिलाई कडा कारवाहीको माँग गरेको छ ।
संघका अध्यक्ष रामअषिशप्रसाद साहद्वारा सोमबार निकालिएको बिज्ञप्तिमा दिउसो काठमाण्डौ शान्तिनगरस्थित खडीबोटमा अज्ञात समुहले गोली हानी हत्या गरेको घटना सुन्दा निर्माण ब्यवसायी संघ सप्तरी मर्माहत भएको जनाइएको छ ।
विज्ञप्तिमा आफ्नै निजी गाडीमा गई रहेको अवस्थामा मोटरसाईकल चढी आएका दुई जनाले ढुंगामुढा गरी गाडी रोकाई तिन गोली प्रहार गरेपछि गौचनको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा उहाँको मृत्युबाट मुलुक भरिका करिब दुई हजार निर्माण ब्यवसायी दुःखित भएका जनाइएको छ । देश बिकासमा अहोरात्र लागि रहने निर्माण ब्यवसायीको अभिवाकको हत्या गर्ने कार्यको घोर भत्र्सना गर्दै निर्माण ब्यवसायी संघ सप्तरीले घट्नामा संलग्न हत्याराको पहिचानगरि कडा कारवाही गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ