News Category 2074/06/24
शिक्षालाई सुधारका लागि जनप्रतिनिधिहरुको एक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले शिक्षालाई सुधार गर्नका एक्यबद्ध भएर लाग्ने बताएका छन् ।
युनिसफेको सहयोगमा गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानीय निकायको सवलीकरण परियोजना चलाइरहेको आसमान नेपालले सोमबार डाक्नेश्वरी मन्दिर प्राङ्गणमा जनप्रतिनिधीहरुका लागि आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो कुरा बताएका हुन् । यस नगरपालिकाको ६ वटा वडामा सो परियोजना चलिरहेको छ ।
कार्यक्रममा बोल्दै डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहले अहिले सरकारी विद्यालयहरु लथालिंग अवस्था रहेको भन्दै यस्ता अवस्थालाई हटाएर गुणस्तरीय शिक्षा प्रदान गराउन आफूहरुले हरेक किसिमको प्रयास अपनाउने प्रतिबद्धता जनाउनुभयो । आफूहरुले धेरै चाँडै शिक्षामा सुधार ल्याउने विश्वास रहेको बताउँदै उहाँले यसमा शिक्षा क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष उमेश यादव, ५ का अध्यक्ष दुखहरण मण्डल, १ का अध्यक्ष प्रदीप चौधरीले विद्यालय संचालन हुने समय अवधीभर शिक्षकलाई विद्यालयमा पढाउनैपर्ने नियम लागू गराउन आफूहरु अग्रसर भएको बताए । उनीहरुले समयमा नआउने शिक्षकलाई तत्कालै कार्वाही गर्ने बताउँदै अभिभावकलाई पनि जागरुक बनाउनेमा जोड् समेत दिएका छन् ।
कार्यक्रममा डाक्न्ेश्वरी नगरपालिकाका मेयर, उपमेयर तथा १० वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई आसमान नेपालका जिल्ला संयोजक श्रवणकुमार देवले माला तथा अबिर लगाइदिएर डायरी कलमसहित सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रम लगत्तै मेयरसहितका सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुले मन्दिर प्राङ्गणमा सरसफाई गरेका थिए । मेयर साहले सरसफाईलाई निरन्तरता दिइनेमा जोड् दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ