News Category 2074/06/30
पुल निर्माणमा किर्ते हस्ताक्षर गरि बैंकबाट रकम निकासा, अख्तियारद्धारा छानबिन सुरु
दैनिक समाचारदाता
राजबिराज २९, असोज ।
सप्तरीको प्रसवनी ४ मा पुल निर्माण सम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरि बैंकबाट रकम झिकेको बिषयमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ ।
समितिका सचिव देव नारायण यादवले समितिका अध्यक्ष बैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा आफ्नो हस्ताक्षर गरि रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको आधारमा सो छानबिनको माँग गरिएको हो ।
सो सम्बन्धमा कार्वाहीको लागि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्यव समिति सप्तरीमा छानबिन गर्नको लागि माग गरिएको हो ।
सप्तरीको कुष्णसवरण गाँउपालिका वडा नं. ४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्त समितिका अध्यक्ष एव कोषाध्यक्षले बाणिज्य बैक राजविराजबाट गैर कानुनी रुपमा चेकमा सचिवको नक्कली हस्ताक्षर गरि रकम झिकेको सो आरोपपत्रमा उल्लेख छ ।
पुल निर्माणमा अनियमितता र गुणस्तरहिन समान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकोले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरि राष्ट्रिय बाणिज्य बैक राजविराजबाट रु ६ लाख ५५ हजार ४ सय ३१ रुपैया झिकेको संचिव यादवको आरोेप छ । पुल निमार्णनका लागि समितिका अध्यक्ष र कोषाध्यक्ष तथा संचिबको संयुक्त खाता रहेको बताइएको छ ।
करिब रु १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानिय बासिन्दाहरुको भनाई छ ।
यता रु १३ लाखको लागतमा निर्माण भएको उपभोक्त समितिको दाबी भएपनि सो पुल निर्माणमा रु ५ लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ । जिल्ला समन्वय समित सप्तरीका स्थानिय बिकास अधिकारी सुदेव पोखरेलको आदेश र निर्देशनमा सो पुल निर्माण भएको थियो ।
यसैबिच अख्तियार दुरुपयोग अनुसान्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख काली प्रसाद पराजुलीले सो उजुरीको आधरमा छानबिन सुरु गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ