News Category 2074/06/30
विश्व हात धुने दिवसमा हात धुने विधी बारे जानकारी
दैनिक समाचारदाता
राजबिराज २९, असोज ।
सप्तरी युथ नेपालले विश्व हात धुने दिवसको अवसर पारेर राजविराजमा हात धुने विधीको बारेमा जानकारी गराएको छ ।
स्थानीय शिब मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले हात धोएर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हात धोएर खाना खाए बिभिन्न रोगबाट बाँच्न सकिने भएकाले सबैले हात धुन बिर्सन नहुनेमा जोड् दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादव, अनुसन्धान उप निर्देशक देबराज लिम्बु, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झासहितकाले हात धुँदै हात धुने बानीको विकास गर्नुपर्ने जोड दिनुभयो ।
यस्तै जिल्ला सरसफाई खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिद्वारा हात धुने दिवसको अवसर पारेर तिलाठी–कोइलाडी गाउँपालिकामा पनि कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपलिकाको वडा नम्बर ३ सकरपुरामा गाउँपालिका अध्यक्ष सतिश सिंहको अध्यक्षता तथा पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका प्रमुख महेश खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हात धुने विधीको बारेमा जानकारी गराउँदै प्रत्येक दिन हात धुन आग्रह गरिएको थियो ।
सो अवसरमा आधारभुत विद्यालय मुखिया टोल सकरपुराका प्रत्येक विद्यार्थीहरुलाई साबुन वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ