News Category 2074/07/02
बालक बेपत्तामा आफ्नो कुनै संलग्नता नरहेको दावी
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
राजविराज ८ निवासी २४ वर्षिय राहुल यादवले बालक बेपत्ता भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेका स्पष्ट पारेका छन् ।ष्स्
बुधबार नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा पत्रकार सम्मेलनको आयोजना गरि उनले सो कुरा स्पष्ट पारेका हुन् ।
राजविराजस्थित सडक विभाग कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामेश्वर यादवका ११ वर्षिय छोरा महेश विगत २३ दिनदेखि बेपत्ता छन् । उनी गत असोज ९ गते विहानदेखि बेपत्ता भएका हुन । उनको अवस्था अभैm अज्ञात छ ।
महेशका आफन्तले अघिल्लो दिन पत्रकार सम्मेलनको आयोजना गरी महेश बेपत्ता हुनुमा राहुलको संलग्नता हुन सक्ने आशंका ब्यक्त गर्दै अनुसन्धानका लागि प्रहरीले पव्रmाउ गर्नुपर्ने माग गरे पछि बुधबार वडा अध्यक्ष र वडा सदस्य सहित पत्रकार सम्मेलन गरेका राहुलले बालक महेशको बेपत्ता हुनुमा आफ्नो संलग्नता देखाएर चरित्र हत्या गर्न खोजेको अरोप समेत लगाए ।
पत्रकार सम्मेलनमा उपस्थित सोही वडाका अध्यक्ष जयनारायण मण्डलले राहुलको चरित्र र ब्यवहारबारे आफुहरु पूर्ण जानकार रहेको जनाउँदै बालक अपहरण जस्तो घृणित काममा उनको कुनै पनि रुपमा उपस्थिति र संलग्नता हुनै नसक्ने दावी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ